back

भ्याट तिर्ने म्याद थप गर्न माग

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारसँग भ्याट तिर्ने म्याद थप गर्न माग गरेका छन्।
लकडाउनको अवस्थामा निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल चेम्बर अफ कमर्सले मंगलबार समिति पदाधिकारीको अनौपचारिक बैठक राखेर सरकारले मासिक रुपमा व्यावसायीसंग उठाउँदै आएको भ्याट तिर्ने म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

कोरोनाको दोस्रो संस्करण बढ्दो अवस्थामा रहेपछि सरकारले संक्रमण बढ्न नदिन लकडाउन कडा गर्दै आएको अवस्थामा व्यावसायीहरुले हरेक महिनाको २५ गतेभित्र बुझाउने भ्याट बापतको रकम बुझाउने समय थप गर्न आग्रह गर्ने बताएका हुन् । बैसाख १६ गतेदेखी सरकारले देशका अधिकांस क्षेत्रमा लकडाउन गरेको छ । अहिले देशभरका ५० भन्दा बढी जिल्लाहरुमा लकडाउन गरेको छ ।

लकडाउन प्रायः जिल्लाहरुमा भैसकेकाले अव सरकारले व्यावसायीहरुबाट लिने करको म्याद थप गर्ने आग्रह गर्ने भएको छ । चेम्बरले भ्याट उठाउने अवधी थप गर्न आग्रह गर्ने कुरा भएको चेम्बरका उपाध्यक्ष दिपक मलहोत्राले बताए । मलहोत्राले भने ‘हामी बुधबार भर्चुअल मिटिङ गरेर अर्थमन्त्रीलाई भेटेर क्र तिर्ने म्याद थप गर्नेछौं ।’

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघले पनि लकडाउनको अवधीमा व्यावसायीले कर तिर्न संभव नहुने भन्दै सरकारसंग म्याद थपको अनुरोध गर्ने विषयमा छलफल भएको बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए ।


१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

वि.सं.२०८२ असार ५ बिहीवार १९:४५

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...