back

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। शुक्रबार कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा अन्तिम प्रमाणपत्र दिएर आफ्नो सिटतर्फ आउँदै गर्दा उनी लडेका हुन्।

८० वर्षीय बाइडेनले वायु सेनाका ग्राजुयटहरूलाई प्रमाणपत्र वितरण गर्नुअघि मन्तव्य राखेका थिए। वायुसेनालाई हौसला प्रदान गर्न बाइडेनले उर्जावान् भाषण दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

मन्तव्य र प्रमाणपत्र वितरणपछि आफ्नो सिटतर्फ आउँदै गर्दा उनी केही चिजमा अल्झिएको जसरी मञ्चमै पछारिएका थिए।उनी लडेको भिडिओ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल बनेको छ।

बाइडेन लडेपछि त्यहाँ उपस्थित सेनाका अधिकारीहरूले उनलाई उठाएका थिए।

उनी आफै पनि उठ्न प्रयास गरिरहेको भिडिओमा देख्न सकिन्छ। उठेपछि उनी आफै सिटमा गएर बसेका थिए।

राष्ट्रपति बाइडेनलाई चोट भने नलागेको ह्वाइट हाउसले जनाएको छ।

‘उहाँ ठिक हुनुहुन्छ,’ ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीटरमा लेखेकी छन्।

बाइडेन यसअघि पनि एक सार्वजनिक कार्यक्रममा लडेका थिए। उनी लडेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनसँग अमेरिकाको नेतृत्व गर्ने सामर्थ्य नभएको टिप्पणी गरेका थिए।

अन्य विभिन्न राष्ट्रपतिहरू पनि कार्यक्रमको दौरानमा मञ्चमा लडेका घटनाहरू छन्। सधैँ क्यामेराले घेरिने राष्ट्रपतिहरू लड्दा केही असहज माहोल बन्ने गर्छ।

nactional life
Corporatebazar 11 Anniversary

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...