back

यि महत्वपूर्ण खनिज पदार्थ जसका लागि भविष्यमा शक्तिराष्ट्रहरूबीच चर्को प्रतिस्पर्धा हुन सक्छ

रुस-युक्रेन युद्ध सुरु भएपछि विश्वभरि खनिज तेल र ग्यास विवादको विषय बनेका छन्। तर भविष्यमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा अर्को एउटा खनिजका लागि हुन सक्ने विज्ञहरूको दाबी छ।

कुरा मार्च ८ को हो। बिहान ५:४२ मा निकल धातुको मूल्य यसरी अकासियो कि लण्डन मेटल एक्सचेन्जमा त्रास उत्पन्न भयो।

अठार मिनेटभित्र उक्त धातुको मूल्य अभूतपूर्व रूपमा बढेर प्रतिटन १,००,००० अमेरिकी डलर पुगेपछि कारोबार रोकिन पुग्यो।

यो नयाँ कीर्तिमान बनाउनुअघि नै यसको मूल्य २४ घण्टामा २५० प्रतिशतले बढिसकेको थियो।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वबजारमा धातुको ठूलो सङ्कट उत्पन्न भएको यो पहिलो घटना भयो।

किन चुलियो मूल्य ?
अचानक मूल्य चुलिनुको कारण पश्चिमा देशहरूले रुसमाथि लगाएका प्रतिबन्धलाई ठानिएको छ। त्यसले विश्वमा निकलजस्तो धातुको महत्त्व थप बढाएको छ।

रुस तेल र ग्यासको प्रमुख निर्यातकर्ता देश हो। युरोपेली देशहरू रुस-युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूका बाबजुद पनि इन्धनका लागि रुसमाथि निर्भर छन्। त्यसलाई रुसले हतियारको रूपमा प्रयोग गर्न सक्ने देखाएको छ।

युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगी देशहरूले क्रेम्लिनमाथि कडा प्रतिबन्ध लगाए पनि युरोप रुससँग तेल र ग्यास किन्न बाध्य छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले मार्च ३१ मा अमेरिकामा उत्पादित स्वच्छ ऊर्जाले राष्ट्रिय सुरक्षालाई सबल बनाउने बताएका थिए।

“हामीले भविष्य निर्धारण गर्ने वस्तुहरूका लागि चीन र अन्य देशहरूमा हाम्रो लामो समयदेखिको परनिर्भरता अन्त्य गर्नु जरुरी छ,” उनले भने।

बाइडनले विद्युतीय ब्याटरी निर्माण र नवीकरणीय ऊर्जा भण्डारणका लागि प्रयोग हुने खनिजहरूको स्थानीय उत्पादन र प्रशोधनमा सहयोग पुर्‍याउने एउटा कानुन लागु गर्ने घोषणा गर्दै यसो भनेका थिए।

ह्वाइटहाउसका अनुसार ती खनिजहरूमा लिथीअम, निकल, ग्र्याफाइट, कोबाल्ट आदि छन्।

रुसको ‘ऊर्जा हतियार’
यसबाहेक पनि धेरै खनिजहरू भविष्यका लागि महत्त्वपूर्ण छन्। विद्युतीय ऊर्जातर्फ अघि बढिरहेको अर्थतन्त्रमा प्रतिस्पर्धाका लागि प्रत्येक देशको दृष्टि भिन्नाभिन्नै खनिजमा छ।

तेल, ग्यास र कोइलाको निर्यातमा मात्रै निर्भर देशहरू भविष्यको ऊर्जा प्रतिस्पर्धामा पछाडि पर्ने खतरा विज्ञहरूले औँल्याएका छन्।

उदाहरणका लागि, रुसको अर्थतन्त्र मुख्यतया जीवाश्म इन्धनको निर्यातमा निर्भर छ। यो देश विश्वको दोस्रो ठूलो ग्यास उत्पादक र तेस्रो ठूलो तेल उत्पादक हो।

तर रुसले भविष्यमा अन्य खनिजहरूको प्रतिस्पर्धामा समेत फाइदा लिन सक्छ। किनभने रुस विश्वमा कोबाल्ट र प्ल्याटिनमको दोस्रो ठूलो निर्यातकर्ता र निकलको तेस्रो ठूलो निर्यातकर्ता देश हो।

रुस केही महत्त्वपूर्ण खनिजमा धनी देखिए पनि विज्ञहरूका अनुसार ती खनिज रुसमा अन्य देशमा भन्दा धेरै पाइन्छ।

कोबाल्टको सबैभन्दा धेरै हिस्सा रिपब्लिक अफ कङ्गोमा पाइन्छ भने निकल इन्डोनेशया, लिथीअम अस्ट्रेलिया, तामा चिले र ‘रेअर अर्थ’ वर्गमा पर्ने खनिजहरू चीनमा सबैभन्दा धेरै छन्।

विशेषज्ञहरूले कम्तीमा १७ प्रकारका खनिजलाई विश्वमा ऊर्जा उत्पादनको परिवर्तनका लागि महत्त्वपूर्ण भनेका छन्। त्यसैले यस्ता खनिज उत्खनन र प्रशोधन गर्ने क्षमता भएका देशहरूले भविष्यमा धेरै फाइदा लिन सक्ने ठानिएको छ।

इन्टरन्याशनल एनर्जी एजन्सीले यी १७ खनिजमध्ये पनि लिथीअम, निकल, कोबाल्ट, तामा, ग्र्याफाइट र रेअर अर्थ थप महत्त्वपूर्ण हुन्।

उत्पादनमा कुन देश अघि
इन्टरन्याश्नलएइनर्जी एजेन्सीका विज्ञ ते युन-किम सन् २०४० सम्ममा यी खनिजहरूको माग तीव्र रूपमा बढ्ने बताउँछन्।

ऊर्जा सङ्क्रमणबाट बढी फाइदा लिनेमा सबैभन्दा धेरै यस्ता खनिज पाइने र यसको प्रशोधनमा अग्रपङ्क्तिमा रहेका देशहरू रहने उनको दाबी छ।

युरोपले किन्ने ग्यासको ४० प्रतिशत आपूर्ति रुसबाट हुन्छ

“ऊर्जा रूपान्तरणबाट सबैभन्दा धेरै कुन देशले फाइदा लिन्छन् थाहा पाउन कठिन छ किनभने त्यो उत्पादन शृङ्खलामा ऊनीहरू कुन स्थानमा रहन्छन् भन्ने कुरामा यो निर्भर रहन्छ,” उनले बीबीसी मुन्डोसँग भने।

उनका अनुसार विश्व अहिले एक महत्त्वपूर्ण चरणमा पुगिसकेको छ। बीसौँ शताब्दीमा तेलले महत्त्वपूर्ण भूमिका खेले पनि २१औँ शताब्दीको इतिहासमा ऊर्जा रूपान्तरणका खनिजहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।

के कोही चन्द्रमाको मालिक बन्न सक्छ?
नेपालको अर्थतन्त्र पेट्रोलियम पदार्थ, गाडी र सुन-चाँदीसँग कसरी जोडिएको छ?
उनकै भनाइमा यी भविष्यका खनिजहरू हुन्।

सबैभन्दा महत्त्वपूर्ण चार धातु
विद्युतीय ब्याटरीमा धातु नभई हुँदैन। धेरै प्रकारका ऊर्जा भण्डारणका लागि औद्योगिक गतिविधिमा पनि धातुहरू अत्यावश्यक छन्।

जर्मन इन्स्टिट्यूट फर इकोनमी रिसर्चका अन्वेषक लुकास बोएर भन्छन्, “यी धातुहरूको बढ्दो माग अनुसार आपूर्ति भएन भने यिनीहरूको मूल्य अकासिनेछ।”

उनी समेत सहभागी भएको अनुसन्धान ‘द मेटल अफ द एनर्जी ट्रान्जिशन’ गत वर्षको अन्त्यमा प्रकाशित भएको थियो।

बोएरका अनुसार यसको आपूर्तिको एउटा चुनौती यसको उत्खनन प्रक्रिया हो।

कोबाल्टलाई नीलो सुन पनि भनिन्छ

यस्ता धातुहरूको उत्खनन सुरु गरेका खानी परियोजनाहरू पूर्ण रूपमा सञ्चालनमा आउन एक दशकभन्दा बढी (औसतमा १६ वर्ष) लाग्छ।

यस कारण पनि निकट भविष्यमा यस्ता धातुहरूको थप अभाव हुने आकलन गरिएको छ।

विभिन्न अध्ययनहरूका अनुसार निकल, कोबाल्ट, लिथीअम र तामा सबैभन्दा बढी माग हुनसक्ने चार महत्त्वपूर्ण धातु हुन्।

त्यससँगै रेअर अर्थ्स भनिने दुर्लभ धातु पनि भविष्यका लागि महत्त्वपूर्ण छन्।

यी धातुको मूल्य लामो समयको अवधिमा ऐतिहासिक रूपमा सबैभन्दा धेरै बढ्न सक्ने आकलन गरिएको छ।

सन् २०२१ देखि २०४० को बीचमा यी धातुको उत्पादन मूल्य चार गुणाले बढ्ने प्रक्षेपण छ।

बोएर सबैभन्दा महत्त्वपूर्ण चार धातु उत्पादन गर्ने देशहरूले आगामी २० वर्षसम्म तेल उत्पादन गर्ने देशहरूको जति नै आम्दानी गर्न सक्ने बताउँछन्। तर अहिले अनिश्चयमा रहेको अन्तर्राष्ट्रिय परिस्थितिमा त्यो निर्भर रहने उनी बताउँछन्।

“यी धातुहरू नयाँ तेल बन्न सक्छन्,” बोएर भन्छन्। “कङ्गोमा कोबाल्ट उत्पादन र अरू देशहरूमा समेत लगानी गरिरहेको चीन यसमा सबैभन्दा ठूलो खेलाडी बन्न सक्छ।”

सबैभन्दा अघि चीन
नयाँ युद्धको परिप्रेक्ष्यमा पश्चिमा देशहरूका लागि ऊर्जामा परनिर्भरता कम गर्नुपर्ने आवश्यकता छ।

त्यसका लागि मागको केही अंश निर्यात गर्न सक्ने क्षमता भएका केही देशहरू छन् र उनीहरूले ऊर्जा रूपान्तरणलाई तीव्रता दिन जरुरी छ।

ब्लूम्बर्ग एनईएफ अनुसन्धान केन्द्रका प्रमुख क्वासी एम्पोफो यो परिवर्तनबाट सबैभन्दा बढी लाभ लिने विषयमा चीन अघि रहेको बताउँछन्।

“आफ्ना प्रशोधन केन्द्रहरूबाट रुसको धातु उत्पादन गरेर अन्य देशहरूमा बेच्ने निर्णय लियो भने यो दौडमा चीन सबैभन्दा ठूलो विजेता बन्न सक्छ,” उनले भने।

तर यो प्रतिस्पर्धामा अन्य देशहरू पनि सहभागी छन्।इन्डोनेशियाले विगत दुई वर्षदेखि आफ्नो देशमा निकलको उत्पादन क्षमता निरन्तर बढाउँदै लगेको छ। रुसबाट निर्यातमा आउने कमीका कारण बजारमा बढ्ने माग धान्न उसले अझै उत्पादन बढाउन सक्छ।

रुस एक्लैले विश्वव्यापी निकल उत्पादनको नौ प्रतिशत हिस्सा ओगटेको छ। तर रुस युक्रेन युद्धपछि निकलको बजार नराम्ररी प्रभावित भएको छ।

“प्रतिबन्ध वा उत्पादनकै कमीका कारण यसको आपूर्ति प्रभावित हुँदा सबैभन्दा प्रमुख असर मूल्यमा पर्छ,” एम्पोफो भन्छन्।

अर्कोतर्फ प्ल्याटिनम समूहका धातुहरूको उत्पादन समेत युद्धका कारण प्रभावित भएको छ। तर दक्षिण अफ्रिकी उत्पादकहरूले तत्कालका लागि यसको आपूर्ति बढाउन सक्छन्।

भविष्यका लागि महत्त्वपूर्ण मानिएका धातुहरूको उत्पादनमा विश्वको दुईतिहाइ हिस्सा ओगटेको कङ्गोका बहुसङ्ख्यक कम्पनीहरू चिनियाँ स्वामित्व वा लगानीमा सञ्चालित छन्।

यो परिस्थितिमा पश्चिमा देशहरू अघि नबढे उनीहरूले प्रतिस्पर्धा गुमाउने जोखिम छ।यो समाचार विभिन्न अन्तराष्ट्रिय मिडिया र बीबीसीको सहयोगमा तयार पारिएको हो ।

 


इजरायली सेनाले गर्‍यो हिजबुल्लाहको २ सय ५० मिटर लामो सुरुङ नष्ट

इजरायली सेनाले गर्‍यो हिजबुल्लाहको २ सय ५० मिटर लामो सुरुङ नष्ट

वि.सं.२०८१ असोज २० आइतवार १३:३२

काठमाडौं ।  हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ । यसैबिच इजरायली...

आइएमएफद्वारा पाकिस्तानका लागि ७ अर्ब ऋण स्वीकृत

आइएमएफद्वारा पाकिस्तानका लागि ७ अर्ब ऋण स्वीकृत

वि.सं.२०८१ असोज १० बिहीवार १५:०७

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत...

बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

वि.सं.२०८१ असोज ९ बुधवार १३:५२

काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग...

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

वि.सं.२०८१ असोज ८ मंगलवार १२:५४

काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका...

इजरायली आक्रमणमा ३५ बालबालिकासहित ४९२ को मृत्यु

इजरायली आक्रमणमा ३५ बालबालिकासहित ४९२ को मृत्यु

वि.सं.२०८१ असोज ८ मंगलवार १२:४४

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा...

९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

वि.सं.२०८० चैत ६ मंगलवार १४:२३

काठमाडौं । जापानको केन्द्रीय बैंक बैंक अफ जापानले ब्याजदर बढाएको...