हाम्रो अक्सिजन उद्योगद्धारा त्रिशुली अस्पताललाई १२०० अक्सिजन सिलिण्डर सहयोग
वि.सं.२०७८ जेठ ९ आइतवार
नुवाकोट । हाम्रो अक्सिजन उद्योगले नुवाकोटको त्रिशूली अस्पतालका लागि १ हजार २०० अक्सिजन सिलिण्डर सहयोग गरेको छ।
हाम्रो अक्सिजन उद्योगले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेसंगको छलफलपछि १ हजार २ सय सिलिन्डर अक्सिजन प्रदान गरेको हो । केरोना भाइरस महामारीमा सहयोग गरेको भन्दै मन्त्री पाण्डेले उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताएका छन ।
हाम्रो अक्सिजन उद्योगले ककनि गाउँपालीकामा दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ । सिलिण्डर दैनिक १०र१० का दरले अस्पताललाई पठाइने हाम्रो अक्सिजन उद्योगले जनाएको छ ।
२०७८ जेठ ९ गते प्रकाशित
प्रकाशित समय : ११:१६ बजे