back

यी चार कम्पनीका सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

काठमाडौँ । लिलामीमा राखिएका ४ कम्पनीका सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले लिलामीमा राखेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेसनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तका सेयरमा आजसम्म मात्रै बोलपत्र पेस गर्न सकिने छ।

प्रुडेन्सियल क्यापिटलले गत भदौ ३१ गतेबाट यी ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल २ लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। जसमा प्रभु बैंकको ५० हजार कित्ता, प्राइम बैंकको १ लाख कित्ता, नेसनल लाइफको १ लाख र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता रहेका छन्।

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने हद लाग्ने छैन।

लिलामीमा राखिएको प्रभु बैंकको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ, प्राइम बैंकको २०८ रुपैयाँ, नेसनल लाइफको ४२१ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...