ग्लोबल आइएमई क्यापिटलको कार्यालय शनिबार पनि खुल्ने

वि.सं.२०७८ साउन ८ शुक्रवार

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोलि शनिबार पनि सेवा प्रवाह गर्ने भएको छ ।
क्यापिटलले ग्राहकको सुविधालाई ध्यानमा राखेर भोलि शनिबार काठमाण्डौको नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको ग्लोबल आइएमई क्यापिटलको मुख्य कार्यालय खुला राख्ने भएको हो ।
कार्यालय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने छ।
हाल सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद निष्कासन भइरहेको छ। यी दुवै कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
त्यसैले यी दुवै कम्पनीको आईपीआ र हकप्रद निष्कासनमा आवेदन गर्ने एवं हितग्राह खाता खोल्ने, नवीकरण गर्ने तथा हितग्राही खातासँग सम्बन्धित सम्पूर्ण कार्यहरु गरिने क्यापिटलले जनाएको छ।
२०७८ साउन ८ गते प्रकाति

प्रकाशित समय : ०४:४० बजे