यती एयरलाइन्सको सहायतामा एयरपोर्ट गेटमा ट्राफिक बत्ती

वि.सं.२०७८ साउन ७ बिहीवार

काठमाडौँ । यती एयरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाइट जडान गरेको छ ।
एअरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर एयरपोर्टका मूल प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।
उक्त ट्राफिक बत्ति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आज संयुक्त उद्घाटन गरेका छन् ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विगतमा यस क्षेत्रमा हुने लामो ट्राफिक जामका कारण हवाई यात्रुहरू समयमै विमानस्थल पुग्न कठिन भएकाले महाशाखासँगको सहकार्यमा ट्राफिक लाईट जडान गरेको बताए ।
एअरलाइन्सले यसअघि पनि ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आयल्याण्ड निर्माण, उक्त क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुका साथै ट्राफिक सूचना बोर्ड निर्माण गरी हस्तान्तरण गरेको थियो । त्यसैगरी, ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट ज्याकेट समेत वितरण गरेको बर्तौलाले बताए ।
२०७८ साउन ७ गते प्रकाशित

प्रकाशित समय : ११:४३ बजे