back

जीवन विकास र मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा अर्को साता सूचीकृत हुने

काठमाडौँ । जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको आईपीओ अर्को साता नेप्सेमा सूचीकृत हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सूचीकृतका लागी प्रक्रिया प्रारम्भ भईसकेकाले अर्को साता दुवै कम्पनीको आईपीओ सूचीकृत हुने भएको हो । कम्पनीले सेयर सूचीकृतका लागी निवेदन दिएको २–३ दिन भित्रै सूचीकण गर्ने नेप्सेले जनाएको छ ।

कुनै कम्पनीको सेयर सूचीकृत गर्न नेप्सेमा आवेदन दिएको दिनदेखि १ महिनाभित्र सूचीकृत गर्नुपर्ने ब्यवस्था छ । तर डकुमेन्टहरु पुरा आएको अवस्थामा २–३ दिनमा नै सूचीकरण हुन्छ ।

जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचीकृतका लागी नेप्सेमा डकुमेन्टहरु पठाइसकेको छ । अर्को साताको आइतबार वा सोमबारसम्म सूचीकृत हुनसक्ने छ । अर्को साता नेप्सेमा सूचीकरण सम्झौता भएपछि कारोबार दोस्रो दिन देखि नै हुनसक्नेछ ।

जीवन विकास लघुवित्तको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएपछि पहिलो सेयर कारोबार न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म रेञ्ज तोक्न सक्ने सम्भावना रहेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले १० कित्ताका दरले पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन् । कम्पनीले असार १७ गतेदेखि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको थियो ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओको ओपनिङ रेञ्ज न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्म तोक्ने सम्भावना रहेको छ ।

२०७८ साउन ७ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...