back

एनआईसी एशिया बैंक २४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । एनआईसी एशिया बैंक आजबाट २४ औँ वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा बैंकले आफ्ना ग्राहकलाई हार्दिक आभार गर्नुका साथै भावी संकल्पहरुसमेत गरेको छ।

हाल डिजिटल फर्स्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा बैंकले यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको छ। ‘बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले चालु आव २०७८।७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई हामी अघि बढेका छौँ’, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा विज्ञप्तिमा उल्लेख छ।

मुलुकको बृहत्तर हित र सर्वाङ्गीण विकास तथा नेपाल सरकारले लिएको वित्तीय समावेशीकरणको लक्ष्य हासिल गर्नका लागि ठोस टेवा पुर्याउने उद्देश्यले एनआईसी एशियाले अन्य बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको विज्ञप्तिमा उल्लेख छ। ‘२४ वर्षअघि आजकै दिनमा सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएकोे हाम्रो अतुलनीय सहयात्राको फलस्वरुप आज हामी देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७–७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौँ।’

भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदासर्वदा लागि पर्ने संकल्प पनि बैंकले गरेको छ।

बैंकले मुलुकभर फैलिएको ३५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखारहित बैंकिङ सेवा तथा ४७१ एटीएममार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरुमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ‘यसका साथै २४ वर्षको अवधिमा आफ्नो सेयरधनीहरुको इउतष्mगm ध्भबतिज ःबहष्mष्शबतष्यल गरी लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न हामी सफल भएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारण सेयरधनीको सुरुआती एक कित्ता पब्लिक सेयरको मूल्य हाल रु १३ हजार ६६२ हुन पुगेको छ, जुन सुरुआती लगानी रकमको करिब १३६ गुणाको वृद्धि हो।’

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष रु १५ अर्ब ७३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न सफल भएको बैंकले जनाएको छ।

कोभिडबाट सिर्जित असहज परिस्थितिमा समेत बैंकले गत आ।व। २०७७।७८ मा कर्जातर्फ ५२ प्रतिशत (८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको छ। ‘कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै हो’, विज्ञप्तिमा भनिएको छ, ‘आ.व. २०७७।७८ मा समग्र बैंकिङ क्षेत्रतर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न हामी सफल भएका छौँ ।’

विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याक

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको छ।
स्थापनाको २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले आफ्ना ग्राहकका लागि यो योजना ल्याएको हो। जसअन्तर्गत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई–कमर्समा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंकमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रु। ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

वार्षिकोत्सवका अवसरमा आज (साउन ७ गते) कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १ हजार ग्राहकले यो सुविधा प्राप्त गर्नेछन्।

२०७८ साउन ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...