प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा सर्लाहीको बरहथवामा
वि.सं.२०७८ साउन १ शुक्रवार
काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो नयाँ शाखा प्रदेश नं. २ अन्तर्गत सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं ६ मा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्सन कार्यालयहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ। कम्पनीको हाल कुल ८० करोड १ लाख चुक्तापुँजी रहेको छ । रहेको यस फाइनान्सको फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवासुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ।
प्रोग्रेशिभ फाइनान्स का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले कोभिड महामारीबीच स्थापना गरिएको नयाँ शाखाले बरहथवा नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सि–आस्बा गायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ। फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरुमा थप ५ वटा शाखा तथा २ वटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारीसमेत गरिसकेको छ। ।
२०७८ साउन १ गते प्रकाशित
प्रकाशित समय : १०:१३ बजे






















