back

वाग्मती प्रदेश सरकारको अर्थसम्बन्धी विधेयक पारित

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बिहान बसेको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा उक्त विधेयक पारित गरियोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्ताव टेबुल गरेका हुन् । उक्त विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासामा मन्त्री ढुङ्गेलले सरकारले प्रस्तुत गरेको विधेयकमा करको दायरा बढ्दा पहुँचमा नरहेका सर्वसाधारण, निजी व्यवसायी र उद्यमीले कुनै कठिनाइ भोग्न नपर्ने तथा सरकारको कर राजस्व असुलीमा तीव्रता ल्याइने धारणा व्यक्त गरे।

उनले प्रदेश सरकारले जनताको बृहत् हितका लागि चालिने कदम र राष्ट्रिय गौरवका आयोजनाको विनियोजित बजेट बाँडफाँट गरिँदा सत्ता र प्रतिपक्षी भनेर कसैलाई पनि उपेक्षा नगरी समान व्यवहारका साथ कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गरे ।

बैठकमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए । ती दुवै प्रस्तावलाई बैठकले सम्बन्धित समितिमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ ।

यसैगरी सो बैठकमा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आलेमगरले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन २०७८ पनि आजै पेश गरे।

उक्त बैठकमा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ माथि प्रदेशसभाका सदस्यले छलफलमा सहभागी हुँदै सरकारले प्रस्ताव गरिएको कर राजस्व असुली सम्बन्धमा सर्वसाधारण, उद्यमी र निजी व्यवसायीलाई आर्थिक बोझ नपर्ने गरी सन्तुलित ढङ्गबाट दायरा बढाउन आग्रह गरे।

उनीहरुले सरकारले प्रतिपक्ष र अर्थ विज्ञसँग बसेर विचारविमर्श गरेर मात्र राजस्वको दायरा बढाउन उपयुक्त हुने, कोभिड सङ्क्रमणका कारणबाट दैनिक ज्याला मजदूरी गर्ने विभिन्न व्यवसायमा संलग्न व्यक्तिलाई रोगजारीका अवसरबाट बञ्चित रहनुपरेका अवस्थामा उनीहरुबाट कर असुलीको दायरा बढाउँदा मानवीय संवेदनशीलता हुनुपर्ने सुझाव प्रस्तुत गरे ।

प्रतिपक्ष दलका नेताले प्रदेशसभाका सभामुखलाई बैठक कक्षमा विद्युत् र अन्य उपकरण अवरुद्ध हुन पुग्दा आइतबार साँझको बैठकलाई आज बिहान सार्न आग्रह गर्दागर्दै पनि सत्तारुढ दलको एकपक्षीय आग्रहबाट प्रमुख प्रतिपक्षी अनुपस्थित रहेका अवस्थामा नै बजेट पारित हुनु संसदीय व्यवस्थामाथि नै सरकारले आघात पु¥याएको आरोप लगाए ।

उक्त बैठकमा प्रदेशसभाका सदस्य क्रमशः राधा घले, विशाल खड्का, विजया केसी श्रेष्ठ, नारायणबहादुर सिलवाल, सृजना सैँजु, रमेश पौड्याल, नरोत्तम वैध, रत्नप्रसाद ढकाल, गीता वाग्ले र दिपक निरौला छलफलमा सहभागी भएका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको चालु बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेका थिए।

प्रदेशसभामा अहिले सत्तारुढ नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र एक स्वतन्त्र गरी कूल १०९ सदस्य रहेका छन् ।

२०७८ असार २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...