back

पूर्वेली सेवा समाजद्धारा नयाँ नेपाल समाज केन्द्रलाई शैक्षिक सामग्री र खाद्यन्न सहयोग

nactional life

काठमाडौँ । पूर्वेली सेवा समाज जापानले नयाँ नेपाल समाज केन्द्रलाई स्वास्थ्य तथा शैक्षिक सामग्रीका साथै खाद्यन्न सहयोग गरेको छ ।

पूर्वेली समाज जापानले केन्द्रलाई एक महिनालाई पुग्ने गरि स्वास्थ्य सामग्री र खाद्यन्य सहयोग गरेको हो ।

कोभिडको महामारीको समयमा केन्द्रमा आबद्ध रहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा भोजनमा समस्या नहोस् भन्ने उद्देश्यले सेवा समाज जापानले सहयोग गरेको पूर्वेली सेवा समाजका अध्यक्ष फडिन्द्र पहाडीले भर्चुअल माध्यम मार्फत जानकारी गराए ।

अध्यक्ष पहाडीले देश बाहिर रहेतापनि महामारीको समयमा आफ्नो देशमा भएका असहाय तथा अनाथ बालबालिकको सहयोगमा सामेल हुन पाएकोमा खुसी व्यक्त गरे ।

पूर्वेली सेवा समाजको प्रतिनिधित्व गर्दै पत्रकार तथा समग्र मिडिया प्रा.ली.(कर्पोरेटबजार डट कम)का सञ्चालिका  अप्सरा गौतमले उक्त ५० हजार धनराशि बराबरको दाल, चामल, तेल, चिउरा, फलफूल, मास्क र स्टेसनरी सामान केन्द्रका अध्यक्ष कृष्णराज गुरुङलाई हस्तान्तरण गरेकी हुन् ।

उक्त सामग्री ग्रहण गर्दै केन्द्रका अध्यक्षले विषम परिस्थितीमा सहयोग गरेकोमा खुसि व्यक्त गर्दै पुर्वेली सेवा समाज जापानलाई धन्यवाद दिएका छन् ।

नयाँ नेपाल समाज केन्द्रको बारेमाः
विं.सं २०६४ देखि सञ्चालनमा आएको यस केन्द्रमा अहिले ४५ जना असहाय तथा अनाथ बालकालिकाहरु छन् । केन्द्रमा रहेका बालकालिकाहरु प्ले ग्रुपदेखि देखि स्नातक गरिरहेका विद्यार्थि छन् । केन्द्रले बालकालिकालाई उनीहरुको स्तर र इच्छा अनुसार अन्य क्रियाकलापमा सहभागि गराउनुका साथै प्राविधिक शिक्षा पनि प्रदान गरिरहेको छ । केही बालबालिकाहरु तेक्वान्दो तर्फ सक्रिय छन् भने अलि ठूला विद्यार्थीहरु वेभडभलपिङ सिकिरहेका छन् ।

२०७८ जेठ २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...