back

‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै

nactional life

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित आगामी चैत २ देखि ८ गते (मार्च १६–२२) सम्म ग्लोबल मनी विक २०२६ मनाउने भएको छ । नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजक (नेशनल कोअर्डिनेटर) को भूमिका निर्वाह गर्दै कार्यक्रम आयोजना गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था लगायत सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहनेछ । राष्ट्र बैंकका अनुसार यो ग्लोबल मनी विकको चौधौँ शृङ्खला हो ।

बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर यो अभियान सञ्चालन हुँदै आएको छ । हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका तथा युवामाझ यो अभियान पुगिसकेको छ । राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था, शैक्षिक संस्था तथा सरोकारवाला निकायलाई अभियानमा सहभागी भई ग्लोबल मनी विक २०२६ भव्य रूपमा मनाउन आग्रह गरेको छ ।

साथै, आफ्ना कार्यक्रमसम्बन्धी जानकारी राष्ट्र बैंक, गभर्नरको कार्यालय अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाको इमेलमार्फत उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...