back
national life

बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् ।

शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ । धेरै पैसा बाँकी छ । स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ । तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो । त्यो हाम्रो वार्षिक बजेट हो । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्योभन्दा बाहिर जान मिल्दैन् ।’

यस्तै, उनले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्बको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन् ।

उनले भनिन्, ‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्बको वार्षिक दायित्व हुनेगरि खर्च भईरहेको छ । यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ । त्यो पैसा तपाई हाम्रै हो । विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो । सरकार आफैले कुनै रुखबाट त रकम ल्याउदैँन् ।’

करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्का भएर बसेको पनि उनको भनाई छ ।

national life
gaugauma singhadarbar

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वि.सं.२०८२ माघ २८ बुधवार १७:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक...

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

वि.सं.२०८२ माघ २७ मंगलवार १५:५२

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना...

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

वि.सं.२०८२ माघ २७ मंगलवार १४:४०

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको...

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

वि.सं.२०८२ माघ २७ मंगलवार १३:४४

काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ...

राष्ट्र बैंकको तथ्यांक:  सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

राष्ट्र बैंकको तथ्यांक: सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

वि.सं.२०८२ माघ २६ सोमवार १९:३७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना कात्तिकसम्म...

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

वि.सं.२०८२ माघ २६ सोमवार १३:३६

काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी...