back

वित्तीय विवरण सार्वजनिक नगर्ने ३ हाईड्रोको कारोबार रोक्का गर्न माग

काठमाडौं । नेपनल धितोपत्र बोर्ड (सेवोन) मा विभिन्न ३ कम्पनीको कारोबार रोक्का गर्न माग गर्दै निवेदन परेको छ । विभिन्न ३ कम्पनी खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्ड निवेदन परेको हो ।

वित्तीय विवरण प्रकाशित नगरेपछि लगानीकर्ताहरु अन्यौलमा पर्ने भन्दै लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको शेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार बोर्डमा निवेदन दिएका हुन् ।
यी कम्पनीहरुले दोस्रो बजारमा वित्तीय विवरण नै सार्वजनिक नगरि लगानीकर्तालाई कारोबारमा अन्यौल पारेको भन्दै निवेदन दिएका हुन् । खानीखोलाले ०७६ पुस यता कुनै विवरण प्रकाशन नगरेको, जोशी र हिमाल दोलखाले पनि आम लगानीकर्ताले हेर्न पाउनेगरी कुनै विवरण निष्काशन नगरेको आरोप लगाएको छ ।

खानीखोलाको २०७६ साल पौष मसान्तसम्मको वित्तीय विवरण अनुसार नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहेको र लगातारको घाटाले कम्पनीको नेटवर्थ ५० रुपैयाँभन्दा बढी नकारात्मक भएको हुनसक्ने र कम्पनीको सेयर महँगो मूल्यमा कारोबार भएको हुँदा लगानीकर्ता डुब्ने खतरा भएकाले सूचीकरण खारेजी गर्न माग गर्दै निवेदन दिएका हुन् ।

२०७८ जेठ १९ गते प्रकाशित


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...