back

यी हुन् एक सातामा हुने १० अन्तर्राष्ट्रिय उडान (सूचिसहित)

nactional life

काठमाडौँ । सरकारले सातामा ५ दिन आउने र जानेगरी दुईटा अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । पर्यटन नथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरेको जानकारी गराएको हो । शनिबार र आइतबार बाहेक सातामा ५ दिन आउने र जानेगरी दुईटा अन्तर्राष्ट्रिय उडान खुला गरिएको छ ।
यो सँगै टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न अनुमति पाएका छन् ।

नयाँ तालिका अनुसार अब हरेक विहिबार युरोप र अमेरिकाका यात्रुले टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने भएका छन् । दिल्ली–काठमाडौं उडानलाई बुधबार र शुक्रबार निरन्तरता दिइएको छ ।

यस्तै दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जानको लागि सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान भर्नेछन् । नेपालबाट सोमबार राति दोहा जाने निगमको विमान मंगलबार काठमाडौं फर्किने भएको छ ।

अहिलेलाई यी ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिएको छ । थप नियमित उडानको थपघट भने महामारीको अवस्थालाई हेरे गरिने जनाइएको छ ।

यस्तै चीनतर्फ कुनै वायुसेवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिइने जनाइएको छ ।

सरकारले सोमबार विदेशबाट आउने नेपाली र विदेशी नागरिकको हकमा मापदण्ड सार्वजनिक गरेको छ । जसअनुसार उनीहरु अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ । नियम नमान्नेलाई ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश’ मा उल्लेख भएको नियम अनुसार जरिवाना तथा सजाय हुने जनाइएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...