back

पत्रकारलाई निशुल्क स्वास्थ्य उपचार, बीमा प्रिमियमको आधा पैसा सरकारले तिरिदिने

काठमाडौँ । आगामी आर्थिक बर्षदेखि पत्रकारहरुको नेपालका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। आगामी आर्थिक बर्ष बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो जानकारी दिएका छन्।

उनकाअनुसार नेपाल पत्रकार महासंघमा सदस्य भएका तथा प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधामा पर्ने श्रमजीवि पत्रकारहरुलाई साउन १ देखि देशभरका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ।

त्यस्तै श्रमजीवि पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गर्ने र त्यसको ५० प्रतिशत बीमा प्रिमियम रकम सरकारले ब्योहोरने भएको छ।

कोभिड १९ बाट प्रभावित पत्रकारहरुको लेखनवृत्ति तथा संचारगृह संचालनको लागि पुनर्कर्जा तथा ब्यवसायिक निरन्तरता कर्जाको समेत व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताएका छन्।

त्यस्तै सरकारले छुट्याउने लोककल्याणकारी बिज्ञापन बापतको कुल रकमबाट १० प्रतिशत रकम पत्रकार कल्याण कोषमा जम्मा गर्ने र निजि क्षेत्रलाई पनि उनीहरुको कुल बिज्ञापन खर्चको १० प्रतिशत यस कोषमा राख्नलाई प्रोत्साहन गरिने पौडेलले बताएका छन्।

२०७८ जेठ १५ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...