back

अध्यादेशबाटै मुलुकको शासन संचालन गर्ने डिजाइन भएको आयोगका पूर्व अपाध्यक्षहरुको आरोप

काठमाडौँ । अध्यादेशमार्फत बजेट ल्याउने विषयमा राष्ट्रिय योजना आयोजका पूर्व पाध्यक्षहरुले सरकारलाई ध्यानाकर्षण गरेका छन् । संसद नै नभएपछि जेठ १५ मा नै बजेट ल्याउनुपर्ने बाध्यात्मका व्यवस्था नभएकाले अध्यादेशबाट बजेट जारी गर्नु मुलुकको शासन संचालन नै अध्यादेशमार्फत गर्ने डिजाइन अन्र्तगत गरेको उनीहरुको आरोप छ ।

सार्वेच्चमा प्रतिनिधीसभाविघटन सम्बन्धी मुद्दा बिचाराधीनत रहेको अवस्थामा आम सरोकारवालाहरुको आग्रहलाई वेवास्ता गर्दै जबरजस्ती पुर्ण बजेट ल्याउने, त्यसमा निर्वाचनलाई प्रभावित पार्ने गरी वितरणमुखी कार्यक्रम समावेश गर्ने, अत्याधिक सार्वजनिक ऋण लिने, राजस्व दर परिर्वतन गर्ने जस्ता काम गर्नु राजनीतिक नैतिकताको उलंघन हुनुका साथै यस्तो गर्नाले आर्थिक क्षेत्रलाई अस्थिरता तर्फ धकेल्ने पूर्व उपाध्यक्षहरुको तर्क रहेको छ ।
आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगल, डा.जगदीश चन्द्र पोखरेल, डा.शंकर शर्मा, डा.पीताम्बर शर्मा, डा.दिनेशचन्द्र देवकोटा, दीपेन्द्र बहादुर क्षेत्री, डा.गोविन्दराज पोखरेल, डा.मीन बहादुर श्रेष्ठ र डा.स्वर्णीम वाल्लेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अध्यादेश मार्फत बजेट लिउँनु देश र जनताको पक्षमा नरहने बताएका हुन् ।

२०७८ जेठ १४ गते प्रकाशित


आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

वि.सं.२०८२ जेठ १० शनिवार ०६:४४

काठमाडौं । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार...

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

आज पाचँवटा समितिको बैठक बस्दै

आज पाचँवटा समितिको बैठक बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८२ जेठ ७ बुधवार १०:१५

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...