back
Naima

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए । उनले भने,‘हामीमा जोश छ ।

आजभोलि नै चाहियो भन्ने मानसिकता छ । कुर्नै सक्दैनौं भन्ने खालको मनस्थिति छ । समस्या पुरानो छ समाधान तत्कालै चाहिएको छ । अहिले सरकारले अर्थतन्त्रमा देखिएको समस्याहरुको समाधान निम्ति नीतिगत सुधारमा जोड दिएको छ । सरकारले ल्याएको अध्यादेश जुन छ त्यो पनि नीतिगत सुधारको सशक्क्त पहल हो । अहिले सरकारले चाँडो र छोटो समस्या सम्बोधन गर्नुपर्छ भनेर अध्यादेश ल्याएको छ ।

यस खालको सुधार सरकारले गर्छ भनेर कसैले अनुमान गर्नुभएको थियो ?एकसाथ सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको छौं ।’त्यस्तै उनले करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने अवस्था आइसकेको बताए ।

सार्वजनिक खरिद ऐन, वातावरण ऐन, वन ऐन जस्ता विषयहरुमा सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले भने,‘खासगरी जुन खालका कानुनी प्रवन्ध गरेका छौं । सार्वजनिक खरिद ऐन वातावरण ऐन, वन ऐनहरु छन् । त्यस्ता विषयहरुमा पनि सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता छ ।

नियमनका प्रवन्धहरुलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ध्यान दिनुपर्ने छ । हामी त्यसतर्फ ध्यान दिँदै छौं । आजको मितिमा आइपुग्दा करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने र दिन सकिने त्यो अवस्था आइसकेका छौं । भुक्तानी दायित्व आजको भन्दा पनि हिजोको प्रसङ्ग थियो।तर पनि करिब आज त्यो दायित्व पूरा सरकार दायित्वबाट बाहिर निस्केको छ ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...