back

मनी म्युलबाट सचेत रहन राष्ट्र बैंकको आग्रह

के तपाइँले आफ्नो बैंक खाता वा वालेट खाता अन्य व्यक्तिहरुलाई प्रयोग गर्न दिनुभएको छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ एउटा वित्तीय अपराध रहेको जनाएको छ। यस्तो जालमा नपरी यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘के तपाइँले आफ्नो बैंक खाता वा वालेट खाता अन्य व्यक्तिहरुलाई प्रयोग गर्न दिनुभएको छ ?’, सूचनामा भनिएको छ, ‘यदि छ भने तपाइँ ‘मनी म्युल’ बन्नुभएको हुन सक्छ।’

तपाइँको बैंक खाता प्रयोग गर्नका लागि वित्तीय अपराधमा संलग्न व्यक्तिहरुले तपाइँलाई विभिन्न माध्यमहरु जस्तैः ई–मेल, फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्सएप र टेलिग्राम वा अन्य सामाजिक सञ्जाल तथा फोन वा मोबाइल म्यासेजमार्फत छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरु पठाउँछन्। यसरी तपाइँलाई विश्वासमा पारी तपाइँको बैंक खाता वा वालेटको गोप्य विवरण लिने गर्दछन्।

त्यस्ता व्यक्तिले तपाइँको खातामा आपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी सो रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन्। यसरी त्यस्ता व्यक्तिले तपाइँलाई पनि अपराधको साझेदार बनाउन सक्दछन्।

यस्तो अपराधिक पद्धतिलाई मनी म्युल भनिन्छ। तसर्थ, आफ्नो बैंक खाता वा वालेटको जानकारी कसैलाई नदिन राष्ट्र बैंकले सुझाव दिएको छ। ‘यस्तो गतिविधि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय अपराध भएकोले यसमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीसमेत हुन्छ’, राष्ट्र बैंकले चेतावनी दिएको छ।

nactional life
Corporatebazar 11 Anniversary

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...