back

रुपन्देहीमा निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द

२३ वैशाख, बुटवल–रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३० सम्म जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको बैठकको निर्णय अनुसार एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३० गते सम्म बन्द रहने भएका छन् ।

यस्तै अक्सिजन व्यवस्थापनका लागि जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगहरु शंकर अक्सिजन ग्यास प्रालि,लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालिमा नेपाल प्रहरीले निगरानी गर्ने निर्णय गरेको छ ।

औद्योगिक क्षेत्रका फलाम उद्योगहरुमा अक्सिजन सिलिण्डर दिन पूर्ण निषेध गर्ने र कोभिड १९ को उपचार गर्ने अस्पतालहरुलाई पहिलो प्राथमिकता एवं स्थानीय तहबाट सञ्चालित कोभिड अस्थायी अस्पताल,संस्थागत,होटेल,होम आइसोलेसन र बुटवल उपमहानगरबाट सञ्चालित अक्सिजन बैंकमा औचित्यका आधारमा वितरण गर्ने निर्णय गरेको छ ।पुर्वाधार एवं विकास निर्माण सम्बन्धमा निर्माणस्थलमा क्वारेन्टाइन (बाहिर आवत जावत नगर्ने सुनिश्चित प्रबन्ध भएको) वाहेक सबै विकास निर्माणका कार्य अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

कोभिड १९ महामारी व्यवस्थापनका लागि विद्यमान विज्ञ स्वास्थ्यकर्मी,अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य जनशक्ति र उपकरणको अपर्याप्तता देखिएकाले सोको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने निर्णय बैठकले गरेको छ ।

खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका अन्य सबै उद्योगहरु र निर्माण सामाग्रीको ढुवानी अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

होल्डिङ सेन्टर लगायत स्वास्थ्य संस्थाहरुमा कोभिड १९ द्रूत परीक्षणका लागि एन्टिजेन किटको अभाव देखिएकाले अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।

बैठकले हरियो तरकारी एवं कृषि उपजहरु उत्पादक र उपभोक्ताबीच कृषि एम्बुलेन्स मार्फत उपलब्ध हुने व्यवस्था गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

gaugauma singhadarbar

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

वि.सं.२०८२ माघ १ बिहीवार ११:५४

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म...

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

वि.सं.२०८२ माघ १ बिहीवार ११:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन आर्थिक वर्षका लागि आय–व्यय...

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

वि.सं.२०८२ पुस ३० बुधवार १०:३८

काठमाडौं । सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र...

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

वि.सं.२०८२ पुस ३० बुधवार १०:३०

रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा...

फेजाले सुरु गर्यो धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम

फेजाले सुरु गर्यो धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम

वि.सं.२०८२ पुस २९ मंगलवार १२:४०

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको...

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

वि.सं.२०८२ पुस २८ सोमवार १४:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले...