back

सानिमा बैंकले खुद नाफा ५० प्रतिशतले बढायो

काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासमा आफ्नो नाफा बढाएको छ । अर्थात चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले आफ्नो मुनाफा ५२.१४ प्रतिशतले हुन आउने ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अर्थात गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३७ करोड ३२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ६.८२ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३.४६ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १६.६४ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ९.३८ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ । बैंकको शेयरधनी कोषमा कुल १ अर्ब ९६ करोड ४२ लाख ७३ हजार रुपैयाँ सञ्चित छ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब ५९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब २७ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब १६ करोड ६ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ७८ करोड ६२ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७८ करोड ७२ लाख र शेयरधनी कोषमा १ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ८.०६, शेयरधनी कोष १३.०७, निक्षेप संकलन ९.४८, कर्जा लगानी ७.३९, खुद ब्याज आम्दानी १८.८४ र सञ्चालन नाफा ४७.४५ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.११ प्पतिशत, कोषको लागत ५.८४, आधार ब्याजदर ७.४५, स्पेडदर २.६९, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५९.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.७३ गुणा छ ।

२०७८ कात्तिक १५ गते प्रकाशित


ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:५२

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:३०

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०७

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२८

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:३४

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:५४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...