back

एनसेलले आइएसओ २७००१ र २७७०१ मान्यता नविकरण गरायो

nactional life

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ २७००१ः२०२२ (आईएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पिआईएमएस) को मान्यता सफलतापूर्वक नविकरण गराएको छ ।

यस नविकरणसँगै एनसेलले ग्राहकको सूचना सुरक्षा र डेटा गोपनीयतामा आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ । गत वर्ष यी दुवै मान्यता प्राप्त गर्ने एनसेल नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो । मान्यता नविकरणले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ग्राहकको व्यक्तिगत तथा संवेदनशील जानकारी सुरक्षित राख्दै आएको पुष्टि गर्दछ ।

नविकरण प्रक्रियाअन्तर्गत आइएसओद्वारा तोकिएको स्वतन्त्र निकायमार्फत सर्भेलेन्स अडिट गरिएको थियो । अडिटका क्रममा एनसेलका सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आइएसओ मापदण्डअनुसार पूर्ण रूपमा कार्यान्वयनमा रहेको पुष्टि भएको छ । यी मान्यताहरू आगामी एक वर्षसम्म मान्य रहनेछन् । नविकरण भएका मान्यताहरूको दायराभित्र ग्राहक डेटा सेन्टर, ग्राहक सेवा तथा आईटी सर्भिसेज रहेका छन् । यसले एनसेलले गोपनीयता सुनिश्चित गर्न उच्चतम अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाएको स्पष्ट गर्दछ ।

आइएसओ २७००१ मान्यताले एनसेलले ग्राहक तथा साझेदारका डाटालाई साइबर आक्रमण, सूचना चुहावट तथा अनधिकृत पहुँचबाट जोगाउन प्रभावकारी सुरक्षा उपायहरू कार्यान्वयन गरेको सुनिश्चित गर्दछ । त्यसैगरी आइएसओ २७७०१ मान्यताले व्यक्तिगत डेटा सुरक्षा, उल्लंघनको जोखिम न्यूनीकरण तथा गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको पालना भएको प्रमाणित गर्दछ ।

यी अन्तर्राष्ट्रिय मान्यताहरूले ग्राहकहरूलाई आफ्ना व्यक्तिगत र संवेदनशील जानकारी एनसेलमा सुरक्षित रहेको भरोसा दिलाउनुका साथै कम्पनीको पारदर्शिता, जवाफदेहिता र डेटा सुरक्षालाई व्यवसायको केन्द्रमा राखिएको सन्देश दिन्छन् । एनसेलका प्रणालीहरू सम्भावित अवरोध न्यूनिकरण, जोखिम व्यवस्थापन तथा व्यवसाय निरन्तरता सुनिश्चित गर्ने गरी डिजाइन गरिएका छन् । कम्पनीले आफ्ना सबै सेवा र प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आएको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...