back
nactional

एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट दरबार मार्गमा 

काठमाडौं । एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट दरबारमार्गमा सञ्चालनमा आएको छ । दरबार मार्गस्थित एभरेष्ट कफी बिन्सको छैटौँ आउटलेट शुक्रबारदेखि सञ्चालनमा आएको हो । 

सञ्चालनमा आएको अवसरमा शुक्रबार २० प्रतिशत छुट दिइनेछ । यसैगरी सञ्चालनमा आएको एक सातासम्म १५ प्रतिशत र एक महिनासम्म १० प्रतिशत छुट दिने ‘स्कीम’ पनि एभरेष्ट कफी बिन्सले ल्याइएको छ ।

युवा व्यवसायी तथा एभरेष्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले २०८० चैत १९ गते काठमाडौंको मैतीदेवीमा एभरेष्ट कफी बिन्सको पहिलो आउटलेट स्थापना गरेका थिए । करिब तीन बर्षको अवधिमा एभरेष्ट कफी बिन्सको ६ वटा आउटलेट सञ्चालनमा आएका हुन् । ग्राहकको चाहना अनुरूप दरबारमार्गमा पनि आउटलेट स्थापना गरिएको अध्यक्ष सुनारले बताए । 

‘हाम्रो कफीलाई ग्राहकहरूले एकदमै मन पराउनु भएको छ । त्यसले गर्दा छोटो अवधिमा ६ वटा आउटलेट सञ्चालन गर्न सफल भयौँ,’ उनले भने, ‘आगामी दिनमा पनि थप आउटलेट स्थापना गर्ने गरि अध्ययन भइरहेको छ ।’ एभरेष्ट कफी बिन्समा कफीसँगै बेकरी आइटम र विभिन्न प्रकारका खाजा पनि उपलब्ध हुनेछन् । 

मैतीदेवीसहित २०८१  भदौ १ गते जाउलाखेल, २०८१ पुस १७ गते अनामनगर, २०८२ साउन १ गते सेतोपुल र २०८२ भदौ १ गते कालीमाटीमा एभरेष्ट कफी बिन्सको आउटलेट स्थापना गरिएको थियो । ग्राहकको बढ्दो चाहनासँगै छैटौँ आउटलेट दरबारमार्गमा स्थापना गरिएको एभरेष्ट ग्रुपका अध्यक्ष प्रेम सेन सुनारले बताए । 

एभरेष्ट कफी बिन्समा कफीसँगै बेकरी आइटम र विभिन्न प्रकारका खाजा पनि उपलब्ध हुनेछन् । 

एभरेष्ट ग्रुपले कफी र यस सम्बन्धी हस्पिटालिटीमा तथा तालिममा लगानी गर्दै आएको छ । साथै, रोस्टेट कफी बिन्सको व्यापार समेत गर्दै आएको छ । 

एभरेष्ट ग्रुपले एभरेष्ट कफी बिन्स प्रालि नामक छुट्टै स्थापना गरेर रोस्टेट कफी बिन्स तथा कफी बिन्सको आयात गरेर स्वदेशी बजारमा आपूर्ति गर्दै आएको छ । चितवन, पोखरा र बुटवलमा डिलर स्थापना गरेर देशभर ४०० भन्दा बढी कफीसप तथा रेष्टुरेण्टलाई कफी बेच्दै आएको अध्यक्ष सुनारले बताए । यसैगरी नेपाली किसानबाट उचित मूल्यमा कफी बिन्स खरिद गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने काम समेत यो कम्पनीले गर्दै आएको छ । 

‘हामीले नेपाली किसानलाई उचित मूल्य दिएर कफी बिन्स खरिद गर्छाै । त्यसलाई प्रशोधन गरि फाइनल प्रोडक्टको रुपमा स्वदेशी बजारमा बिक्री गर्छाै । साथै, निर्यात समेत गर्दै आएका छौं,’ उनले भने, ‘नेपाली कफीलाई बजारी करण गर्ने काम पनि हामीले गर्दै आएका छौं ।’ 

यस्तै, कम्पनीले आउने बर्षदेखि नेपालमै एक सय रोपनी जग्गामा कफी खेती गर्ने योजना पनि बनाएको छ । एभरेष्ट ग्रुपले २०८२ साउन १ गतेदेखि मैतीदेवीमा एभरेष्ट बारिष्टा स्कुल पनि सञ्चालन गरिरहेको छ । जहाँ कफी बनाउने सम्बन्धी तालिमहरू सञ्चालन गरिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...