back
himalayan life

गमगढी–पिना सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारद्वारा करिब १६ करोड बजेट विनियोजन

काठमाडौं । रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृद्धि हुनेछ । यसका कारण होटल र अन्य व्यापारिक गतिविधिमा पनि वृद्धि हुने सम्भावना छ ।

गमगढी बजारका व्यापारी र स्थानीय बासिन्दाहरूले कर्णाली प्रदेश सरकारको यो निर्णयलाई अत्यन्तै स्वागत गरेका छन् । उनीहरूका अनुसार, हाल पिना–ताल्चा हुँदै गमगढीसम्म यात्रा गर्नका लागि कच्ची र धुलाम्य सडकका कारण पर्यटकहरूको यात्रा असहज बन्ने गरेको छ। विशेषगरी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुने समस्या पनि छ ।

गमगढी बजारको आर्थिक गतिविधिमा नयाँ उत्साह
मुगु उद्योग वाणिज्य संघका अध्यक्ष मकल बहादुर बुढाले भने, “यो बजेट सहि समयमा र सहि स्थानमा आएको छ । यसबाट गमगढी बजारमा व्यवसायिक गतिविधिहरूमा वृद्धि हुनेछ र स्थानिय बासिन्दाहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।“

कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लका अनुसार, रारा क्षेत्र नेपालको प्रमुख पर्यटन गन्तव्य हो र यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । “तर, सडकको कमीका कारण स्थानीयहरूले अपेक्षित फाइदा पाएका छैनन् । गमगढीमा उत्कृष्ट होटल सुविधाहरू भए पनि सडकको कारण पर्यटकहरू यहाँ आउन चाहँदैनन् । सडक निर्माण पछि, यहाँ एक रात बस्नका लागि पर्यटकहरूको संख्या बढ्नेछ,“ उनले भने ।

सडक निर्माणको समय र प्रक्रियापूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्णा चापागाईंका अनुसार, पिना–गमगढी सडकको निर्माण चालु आर्थिक वर्षको दौरान सुरु हुनेछ । उनले भने, “सडकको प्राविधिक अध्ययन चाँडै सुरू हुनेछ र एक हप्ताभित्र ठेक्का प्रक्रियासम्बन्धी आवश्यक काम अगाडि बढाइनेछ ।“

गमगढी बजारका होटल व्यवसायी नेता चौलागाईंले भने, “हामीलाई धेरै वर्षदेखि पर्यटकहरूको गमगढीमा बस्ने चाहना थियो । अब सडक सुधार पछि हाम्रो व्यवसायमा मात्र होइन, सम्पूर्ण बजारको आर्थिक गतिविधिमा पनि उत्साह थपिनेछ ।“

आवश्यकता र समृद्धिको आशा
गमगढी–पिना सडकमा हिउँदको समयमा सामान्य रूपमा यातायात सञ्चालनमा भए पनि वर्षायाममा पहिरोका कारण यात्रा अवरुद्ध हुने समस्या भइरहन्छ । छायाँनाथ रारा नगरपालिका–७ का हरिचन्द्र शाहीले भने, “वर्षा ऋतुमा हिँडडुल गर्न निकै गाह्रो हुन्छ, तर सडक सुधारपछि यात्रा सहज हुने छ ।“

सडकको सुधारसँगै रारा क्षेत्रमा पर्यटकहरूको आगमनमा वृद्धि हुने र स्थानीय व्यापारमा उत्साह थपिने अपेक्षासाथ, कर्णाली प्रदेश सरकारले सो सडकको विकासमा महत्वपूर्ण कदम चालेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...