लगातार उकालो लागेको सुनको मूल्य ४२ सयले घट्यो
वि.सं.२०८२ असोज २४ शुक्रवार
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, बिहिबार यसको मूल्य २ लाख ३९ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने बढेको छ । बिहिबार ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १ हजार ४७५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित समय : १०:५३ बजे






















