सिटी एक्सप्रेसको दसैँ–तिहार अफर सार्वजनिक, हरेक हप्तामा १ लाख उपहार

वि.सं.२०८२ भदौ १७ मंगलवार

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गरी नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।
“यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” भन्ने नारासहितको यो योजना लगातार ९ हप्तासम्म सञ्चालन हुनेछ । उपहार योजनाको घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल उपस्थित थिए ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत हरेक हप्तामा लक्की ड्रमार्फत एक जनाले नगद १ लाख रुपैयाँ जित्नेछन्। साथै, दैनिक रूपमा सिटी पे प्रयोग गर्ने सबै सेवाग्राहीले क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ। यस अवधिमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पठाइने सम्पूर्ण रेमिट्यान्स सेवाग्राही स्वचालित रूपमा योजनामा सहभागी हुनेछन् । विजेताको छनोट विद्युतीय प्रणालीद्वारा हुने र योजना सिटी एक्सप्रेसका कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । हालै कम्पनीले ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानी सेवा सुरु गरेको छ ।

प्रकाशित समय : ११:३८ बजे