back

भाटभटेनीको तोडफोडमा प्रतिकार गर्ने सुरक्षाकर्मी ५ लाख नगद र पाँच ग्रेड बढुवासहित सम्मानीत

nactional life

काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुदाँ प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् । बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । उनीसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन् ।

सोही क्रममा पराजुलीले चैत्र १५ प्र्रदर्शनकारीहरु आएर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि सबैजना मिलेर उनीहरुलाई रोक्न भनेर गएको भन्दै प्रतिकार गर्दै गर्दा आफूलाई डर नलागेको पनि बताए ।

उनले भने, ‘चैत्र १५ गतेको कुरामा आतंककारी आए, ढुंगामुढा गर्न थाले, त्यसपछि भित्र पसेर फलफूल, बियर, वाइनहरु सबै बोकेर हिन्न थाले त्यसपछि भएन भनेर सबै जना साथिहरु मिलेर उनीहरुलाई रोक्न थाल्यौं, अरु साथिले भित्रबाट लखेट्ने गरेका थिए भने मैले बाहिर बसेर हानेको थिए । मलाई डर भने लागेन ।’

यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले भने, ‘चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्दछु ।’ उनले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गरेका थिए ।

उनले भने, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ अब आउँदैन् । राजा आउदैँन् मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउदैँन् । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नु हुदैँन् । नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...