सुनको मूल्य तोलामा ४०० रुर्पैयाँले घट्यो
वि.सं.२०८१ कात्तिक २८ बुधवार
काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।
आज सुनको मूल्य १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार १ लाख ६२ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १९४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : ११:१५ बजे






















