back

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा बेनी अस्पतालमा समस्या

nactional life

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको तीन करोड भुक्तानी पाएको छैन ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्वास्थ्य बिमा बोर्डले दश महिनादेखि दुई करोड ७५ लाख भुक्तानी नगर्दा अन्य सेवासहित चिकित्सक, स्वास्थ्यकर्मीलाई तलब खुवाउन र व्यवस्थापकीय काम प्रभावित भएको बताए । “बोर्डले बिमित बिरामीको औषधि उपचारबापतको रकम समयमा भुक्तानी नगर्दा खर्च धान्न मुस्किल हुन थालेको छ”, उनले भने, “रकम अभावका कारण अस्पतालको सेवा प्रभावित बन्दै गएको हो ।”

स्वास्थ्य बिमा गरेका बिरामीको औषधि उपचार गरेबापत बोर्डले उक्त रकम सम्बन्धित अस्पताललाई भुक्तानी गर्नुपर्ने प्रावधान छ । व्यवस्थापन समितिको कोषबाट दश महिनासम्म बजेट व्यवस्थापन गरिँदै आइएको सेवेदीले बताए । उनका अनुसार गत वर्ष रु तीन करोड मौज्दात रहेको समितिको खाता अहिले रित्तिने अवस्थामा पुगेको छ ।

बिमा बोर्डले भुक्तानीमा ढिलाइ गर्दा औषधि खरिद, व्यवस्थापन समितिअन्तगर्तका चिकित्सक, स्वास्थ्यकर्मीको तलब, भत्ता उपलब्ध गराउन बजेट अभाव भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डन डा अञ्जु थापाले बताइन्। म्याग्दीका १३ हजार तीन सय ६२ परिवार स्वास्थ्य बिमामा आवद्ध छन् । विसं २०७३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । दरवाङ आधारभूत अस्पताल र बेनी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका छन् ।

सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए भन्दै उक्त रकम बर्सेनि भुक्तानी लिन भने समस्या हुने गरेको अस्पतालका प्रमुख थापाले बताए । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका प्रमुख उपेन्द्र बरालले बेनी अस्पतालको समस्याका विषयमा केन्द्रिय कार्यालयमा जानकारी गराइएको जानकारी दिए ।

एक परिवारका लागि रु तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले एक लाख बराबरको बिमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रतिसदस्य थप सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम् दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...