back

रियलमीको ‘रियलमी सी ११ २०२१’ स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य र फिचर

nactional life

काठमाडौं । बहुप्रतिक्षित स्मार्टफोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक भएको छ । शुक्रबारदेखि रियलमीको यो नयाँ स्मार्टफोन नेपाली बजारमा आएको हो ।

स्मार्टफोन निर्माता कम्पनी रियलमीले पछिल्लो समय विश्व बजारमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको छ । कम्पनीले सस्तो मूल्यमा राम्रो पर्फमेन्स भएको स्मार्टफोनको रुपमा सी सिरिज ल्याएको हो ।

जसले इन्ट्री लेभल फोनको दृष्ट्रिकोणलाई नै परिवर्तन गर्ने कम्पनीको दाबी छ । रियलमीको यो नयाँ स्मार्टफोन रियलमी सी सिरिजका अन्य इन्ट्री लेभलको फोन जस्तै बलियो छ ।

यस अलावा यो टिकाउ ब्याट्री, सशक्त पर्फमेन्स, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ । रियलमी सी ११ २०२१ शक्तिशाली ५००० एमएएच क्षमताको ब्याट्रीका साथ बजारमा आएको छ ।

कम्पनीको दाबीलाई आधार मान्ने हो भने यसको ब्याट्री निरन्तर १७ घण्टासम्म युट्युब चलाउ, निरन्तर ३७ घण्टासम्म कल गर्न र निरन्तर गीत सुन्दा १०८ घण्टा सम्म टिक्न सक्छ । यसैगरी स्टान्डबाई रुपमा राख्दा ४३ दिनसम्म टिकाउ हुने बताइएको छ ।

यो मोबाइलमा पावर सेभिङ मोड पनि छ । जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ ।

त्यसैले ब्याट्रीमा चार्ज कम भएको छ, तर तपाईं चार्ज गर्ने अवस्थामा हुनुहुन्न भने पनि तनाव लिनुपर्दैन । यस्तोमा मोबाइलको सुपर पावर मोड अन गरे पुग्छ ।

यसका साथै यसमा सफ्टवेयर अप्टिमाइजेसन लगायतका विशेषताहरु पनि छन् । यसमा रहेको एप क्वीक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउँछ ।

स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ । स्लिप स्ट्यान्डबाई अप्टिमाइजरले फोन यस किसिमका मोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले यसबाट स्मार्टफोन ब्याट्रीको सुखद अनुभूति पाउनेछन् ।

‘रियलमी सी ११ २०२१’ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलईडी डिस्प्ले दिइएको छ । यो एक फुल–स्क्रिन मिनी ड्रप स्क्रिन हो ।

जसको ब्राइटनेस ४०० निट्स माथि रहेको छ । त्यस्तै यसको स्क्रिन टु बडी रेसियो ८९.५ प्रतिशत छ ।

अक्टा कोर प्रोसेसर र दुई जीबी डुअल च्यानल एपीडीडीआर ४ एक्स र्याम रहेको यो फोनमा ३२ जीबी स्टोरेज छ । माइक्रो एसडी कार्डमार्फत यसको स्टोरेजलाई २५६ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

यसको र्यामले पावर खपत १७ प्रतिशतसम्म कम गर्ने र पर्फर्मेन्स १५ प्रतिशतले वृद्धि गर्ने कम्पनीको दाबी छ । यो फोन एन्ड्रोइड ११ मा आधारित रियलमी यूआईमा रहेको छ ।

‘रियलमी सी ११ २०२१’ को पछाडि भागमा एलईडी फ्ल्याशको साथमा ८ मेगापिक्सेलको मेन क्यामेरा दिइएको छ । त्यस्तै अगाडि भागमा सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

वाई–फाई, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, र सुविधाजनक ट्रिपल कार्डस्लट जस्ता सुविधा समेत तपाईंले यो फोनमा पाउन सक्नुहुन्छ । ‘लेक ब्लू’ र आइरन ग्रे’ गरी दुई वटा रङ्गमा उपलब्ध यो फोनको मूल्य १२ हजार ९९० रुपैयाँ राखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...