back
skip this gaugauma singhadarbar

रियलमीको ‘रियलमी सी ११ २०२१’ स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । बहुप्रतिक्षित स्मार्टफोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक भएको छ । शुक्रबारदेखि रियलमीको यो नयाँ स्मार्टफोन नेपाली बजारमा आएको हो ।

स्मार्टफोन निर्माता कम्पनी रियलमीले पछिल्लो समय विश्व बजारमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको छ । कम्पनीले सस्तो मूल्यमा राम्रो पर्फमेन्स भएको स्मार्टफोनको रुपमा सी सिरिज ल्याएको हो ।

जसले इन्ट्री लेभल फोनको दृष्ट्रिकोणलाई नै परिवर्तन गर्ने कम्पनीको दाबी छ । रियलमीको यो नयाँ स्मार्टफोन रियलमी सी सिरिजका अन्य इन्ट्री लेभलको फोन जस्तै बलियो छ ।

यस अलावा यो टिकाउ ब्याट्री, सशक्त पर्फमेन्स, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ । रियलमी सी ११ २०२१ शक्तिशाली ५००० एमएएच क्षमताको ब्याट्रीका साथ बजारमा आएको छ ।

कम्पनीको दाबीलाई आधार मान्ने हो भने यसको ब्याट्री निरन्तर १७ घण्टासम्म युट्युब चलाउ, निरन्तर ३७ घण्टासम्म कल गर्न र निरन्तर गीत सुन्दा १०८ घण्टा सम्म टिक्न सक्छ । यसैगरी स्टान्डबाई रुपमा राख्दा ४३ दिनसम्म टिकाउ हुने बताइएको छ ।

यो मोबाइलमा पावर सेभिङ मोड पनि छ । जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ ।

त्यसैले ब्याट्रीमा चार्ज कम भएको छ, तर तपाईं चार्ज गर्ने अवस्थामा हुनुहुन्न भने पनि तनाव लिनुपर्दैन । यस्तोमा मोबाइलको सुपर पावर मोड अन गरे पुग्छ ।

यसका साथै यसमा सफ्टवेयर अप्टिमाइजेसन लगायतका विशेषताहरु पनि छन् । यसमा रहेको एप क्वीक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउँछ ।

स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ । स्लिप स्ट्यान्डबाई अप्टिमाइजरले फोन यस किसिमका मोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले यसबाट स्मार्टफोन ब्याट्रीको सुखद अनुभूति पाउनेछन् ।

‘रियलमी सी ११ २०२१’ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलईडी डिस्प्ले दिइएको छ । यो एक फुल–स्क्रिन मिनी ड्रप स्क्रिन हो ।

जसको ब्राइटनेस ४०० निट्स माथि रहेको छ । त्यस्तै यसको स्क्रिन टु बडी रेसियो ८९.५ प्रतिशत छ ।

अक्टा कोर प्रोसेसर र दुई जीबी डुअल च्यानल एपीडीडीआर ४ एक्स र्याम रहेको यो फोनमा ३२ जीबी स्टोरेज छ । माइक्रो एसडी कार्डमार्फत यसको स्टोरेजलाई २५६ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

यसको र्यामले पावर खपत १७ प्रतिशतसम्म कम गर्ने र पर्फर्मेन्स १५ प्रतिशतले वृद्धि गर्ने कम्पनीको दाबी छ । यो फोन एन्ड्रोइड ११ मा आधारित रियलमी यूआईमा रहेको छ ।

‘रियलमी सी ११ २०२१’ को पछाडि भागमा एलईडी फ्ल्याशको साथमा ८ मेगापिक्सेलको मेन क्यामेरा दिइएको छ । त्यस्तै अगाडि भागमा सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

वाई–फाई, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, र सुविधाजनक ट्रिपल कार्डस्लट जस्ता सुविधा समेत तपाईंले यो फोनमा पाउन सक्नुहुन्छ । ‘लेक ब्लू’ र आइरन ग्रे’ गरी दुई वटा रङ्गमा उपलब्ध यो फोनको मूल्य १२ हजार ९९० रुपैयाँ राखिएको छ ।

nactional life -asoj
gaugauma singhadarbar

माउन्टेन इनर्जीको लाभांश घोषणा

माउन्टेन इनर्जीको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४६

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य...

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

वि.सं.२०८२ कात्तिक १९ बुधवार १२:०४

काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...