back
Naima

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, अब कुन शहरमा कति मूल्य?

नाफामा आयल निगम

काठमाडौं। नेपाल आयल निगमले सोमबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ जुलाईमा प्राप्त नयाँ मूल्य अनुसार आयल निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिए हो।

पछिल्लो निर्णय अनुसार सोमबार मध्यरातबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ७ रुपियाँ ५० पैसा देखी पाँच रुपियाँसम्म घटेको छ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ११५ अमेरिकी डलरले घटाइएको छ।

पछिल्लो निर्णयसँगै चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर १६७.५० रुपियाँ कायम भएको छ।

त्यसै गरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४७.५० रुपियाँ भएको छ।दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर १६९ रुपियाँ र डिजेल अनि मट्टितेलको मूल्य १४९ रुपियाँ प्रतिलिटर कायम भएको छ।

काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य अब प्रति लिटर १७० रुपियाँ भएको छ।त्यसैगरी डिजेल र मट्टितेलको मूल्य मध्यरातबाट १५० रुपियाँ प्रतिलिटर हुनेछ। एलपीजी ग्यासको मूल्यमा भने केही परिवर्तन भएका छैनन्।

निगमले इन्धन बिक्रीबाट पछिल्लो १५ दिनमै एक अर्ब ६० करोड रुपैयाँ मुनाफा गर्ने प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षमा निगमले आईओसीको झन्डै २४ अर्ब रुपैयाँ बक्यौता तिरिसकेको छ।

डिजेलमात्र आयात भइरहेको नेपाल-भारत पाइपलाइनबाट ‘आठ महिनाभित्र’ पेट्रोल पनि आउने ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरेतर अझै पनि आफ्ना अन्य बक्यौता बाँकी नै रहेका कारण मूल्य समायोजनको विषयमा अझै स्पष्ट हुन नसकेको उनीहरू बताउँछन्।

वित्तीय अवस्था: नाफामा आयल निगम

गत सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका बेला त्यसै अनुपातमा नेपालमा शुल्क नबढाइएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।जस कारण आर्थिक वर्ष २०७८/७९मा झन्डै ४९ अर्ब रुपैयाँको घाटा बेहोरेको उनको तर्क छ।

‘‘एकातिर घाटा बेहोर्ने र अर्कोतर्फ आईओसीलाई समयमै पैसा पठाउन नसक्दा हाम्रो बक्यौता करिब २४ अर्बसम्म पुगिसकेको थियो।

त्यसपछि अन्तर्राष्ट्रिय बजारमा केही कमी आउनु र सोहीअनुसार मूल्य प्राप्त गर्दा केही चाहिँ उपभोक्तालाई पनि राहत दियौँ, केही मुनाफाबाट आईओसीको बक्यौता तिर्‍यौ,’’ प्रवक्ता ठाकुरले भने। उनले थपे चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा निगमले १७ अर्ब रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तैगरि निगमले मूल्य अभिवृद्धि कर मार्फत ३.५ करोड र मूल्य स्थिरीकरण कोषका लागि सरकारबाट करिब ३.५ करोड रुपैयाँ प्राप्त गरेको अधिकारीहरू बताउँछन्। यी सबै रकम जुटाएर आईओसीको बक्यौता तिरेको उनीहरूले बताएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:५२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध...