back

सबैभन्दा लोकप्रिय स्मार्टफोन भिभो भी२३ई को मूल्य ३ हजार घट्यो

nactional life

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड, भिभोले आज भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ । यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन मध्ये एक हो ।

भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा ४१ हजार ९९९ रुपैयाँ र ८+२५६ जीबी संस्करण ४६ हजार ९९९ मा उपलब्ध छन् ।

यी दुवै संस्करणमा ३ हजारले मूल्य घटेको छ र नयाँ मूल्य २०२२ मे १ देखि देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुने जनाइएको छ ।

भिभो नेपालका सीईओ माइकलले, “भिभोमा, हामी सधैं हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न लागि परेका छौं । यो मूल्य घटेको घोषणासंगै हामी नेपालको ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्न सक्षम हुनेछौं भन्ने आशा गरेका छौ ।

भी२३ई उद्योगको अग्रणी फ्रन्ट क्यामेरा र नवीन प्रविधिहरूको साथ डिजाइन गरिएको छ, र हामी यस लोकप्रिय उपकरणको मूल्य घटेको घोषणा गर्न पाउँदा उत्साहित छौं जसले प्रयोगकर्ताहरुलाई सुन्दर तथा रचनात्मक तस्वीरहरु खिच्न मद्दत गर्नेछ ।”

हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फी पोट्र्रेट छ । यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन् ।

भी२३ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दौ उत्कृष्ट प्रदर्शन गर्दछ ।

भी२३ई ८जीबी र्याम र १२८ जीबी वा २५६ जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित र्याम २.० को साहयताले १२जीबी बराबरको अनुभव प्राप्त गर्न ८जीबी र्यामलाई विस्तार गर्न सकिन्छ ।

यसबाहेक, यस स्मार्टफोन ४०५०एमएएच ब्याट्रीद्वारा संचालित छ जसमा ४४ वाट फ्ल्यसचार्ज छ । भिभो भी२३ई मा फनटच ओएस १२ रहेको छ जसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् ।

७.४१ एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी२३ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्मार्टफोनको रंग फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङका आधारमा छनोट गरिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...