back
nactional

लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच सम्झौता

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी १ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सो आयोजनाको कूल लागत २१.४० अर्ब रूपैयाँ रहेको छ । अपर मर्स्याङ्दी हाइड्रोपावर १ ले पुस १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८१को पुस ९मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रुपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्‌राईज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक र संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्‌राईज बैंकको प्रोजेक्ट फाइनान्स प्रतिवद्धता ७ अर्ब रहेको छ ।

सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने विश्वास लिइएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

पाल्पाको तानसेनमा एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

वि.सं.२०८३ भदौ १ सोमवार २०:५३

पाल्पा । एभरेस्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८३ भदौ १ सोमवार २०:४३

काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

वि.सं.२०८३ भदौ १ सोमवार १५:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...