मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश, देशभर विविध कार्यक्रम आयोजना
वि.सं.२०८१ पुस २१ आइतवार
काठमाडौं । मुक्तिनाथ विकास बैंक अठारौं वर्ष पूरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको गरेको छ ।
यस बैंकले वार्षिकोत्सवको अवसरमा देशभरी विविध कार्यक्रम गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरेको छ ।
त्यसैगरी, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु बीच “आर्ट फर अर्थ, कमब्याटिङ्ग क्लाइमेट चेन्ज” शिर्षकमा राष्ट्र व्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङ्गलाई रु। ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु। १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।
बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरु तथा समाचारहरु प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारहरुलाई “मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार”ले सम्मानीत गरेको छ । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारहरु सागर परियार, कौशिला कुँवर र माधव प्रसाद अर्याललाई क्रमशः ३५, २५ र १५ हजार, नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।
दुवै प्रतियोगिताहरुमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरुको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसंग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।
प्रकाशित समय : १२:४८ बजे






















