back

३७ वटा बीमा कम्पनी नवीकरण

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् ।

अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन् भने निर्जीवन बीमा कम्पनीहरू पनि सोही संख्यामा रहेको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । यस्तै पुनर्बीमा कम्पनीहरू २ वटा र लघुबीमा कम्पनीहरू ७ वटा रहेका छन् ।अद्यावधिक भएका जीवन बीमा कम्पनीहरूका राष्ट्रिय बीमा कम्पनी (राष्ट्रिय बीमा संस्थान), नेशनल लाइफ इन्स्योरेन्स, मेट लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एसियन लाइन, सूर्यज्योती रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हो ।

यसैगरी जीवन बीमा कम्पनीहरुमै सूर्याज्योति लाइफ, हिमालयन लाइफ, आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नवीकरण भएका छन् । प्राधिकरणका अनुसार मेटलाइफ विदेशी विमकको शाखा/एसाइन्ड क्यापिटलको रुपमा नेपालमा क्रियाशील छ ।

प्राधिकरणका अनुसार निर्जीबन बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स, नेशलन इन्स्योरन्स, दि ओरियन्टल इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जीआईसी इन्स्योरेन्स नवीकरण भएका छन् ।

प्राधिकरणको कानुन शाखाका अनुसार पुर्नबीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स रहेका छन् भने लघुबीमा कम्पनीमा ७ वटा नवीकरण भएका छन् ।

जसअनुसार नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स नवीकरण भएको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्षमा विभिन्न बीमा कम्पनीहरू मर्जरमा गएका थिए । मर्जरपछि गराइएको अद्यावधिक विवरणअनुसार देशमा ३७ बीमा कम्पनी अस्तित्वमा रहेका हुन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ साउन १८ सोमवार १८:१४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रयांक्यूलिटी स्पामा विशेष छुट

साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रयांक्यूलिटी स्पामा विशेष छुट

वि.सं.२०८३ साउन १८ सोमवार १८:१२

काठमाडौं ।  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रयांक्यूलिटी स्पाबीच बैंकका...

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १५:०९

काठमाडौं। मुलुकको समग्र अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता र आर्थिक सुस्तताका बाबजुद...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...