back

ग्लोबल आइएमई बैंकले ल्यायो ग्रीन ड्राइभ योजना, ९.४९ प्रतिशतको स्थीर ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले न्यूनतम् ब्याजदरमा ग्रीन ड्राइभ योजना सार्वजनिक गरेको छ ।

बैंकले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न उक्त योजना सार्वजनिक गरेको हो ।

यस ग्रीन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थीर ब्याजदरमा कर्जा पाइनेछ ।

कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थीर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थीर ९.९९ प्रतिशत व्याजदर रहेको छ ।

न्यूनतमसहित स्थीर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रीन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेका ग्राहकलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ साउन १८ सोमवार १८:१४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रयांक्यूलिटी स्पामा विशेष छुट

साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रयांक्यूलिटी स्पामा विशेष छुट

वि.सं.२०८३ साउन १८ सोमवार १८:१२

काठमाडौं ।  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रयांक्यूलिटी स्पाबीच बैंकका...

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

चुनौतीपूर्ण अर्थतन्त्रबीच जीवन बीमा व्यवसायमा दोहोरो अंकको वृद्धि: कुल बीमाशुल्क २ खर्ब नाघ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १५:०९

काठमाडौं। मुलुकको समग्र अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता र आर्थिक सुस्तताका बाबजुद...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...