ईसेवा महाउत्सवः रविले जिते नामी कार
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको दशैं –तिहार र छठ पर्व लक्षित ‘ईसेवा महाउत्सव’मा रवि बोमजनले नामी कार जितेका छन् ।
गत असोज १ गते ईसेवाले ईसेवा महाउत्सव घोषणा गरेको थियो । सोही घोषणाबमोजिम बोमजङले नामी कार जितेका हुन् ।
घोषणा कार्यक्रममा नेपाल क्रिकेट टीमका कप्तान रोहित पौडेललगायतको उपस्थिति थियो ।
प्रकाशित समय : १७:२४ बजे






















