back

सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीहरूलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको ‘तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन’ मा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकोले स्वनियमन आवश्यक रहेको बताएका हुन् ।

सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर महासम्मेलनले निश्कर्ष निकाल्नु पर्ने उनले धारणा राखे । ‘सहकारीमा देखिएको समस्याहरुको कारण आम नागरिकहरु प्रभावित छन्’।

सहकारीलाई उत्पादन र श्रमसहकारीमा रुपान्तरण गर्न आवश्यक भएको उनको भनाइ छ । वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको उनले बताए । बचतकर्ताको पैसा सुरक्षित राख्नु पर्ने सबैको दायित्व भएको उनले बताए ।

सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सिमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको उनको भनाइ छ ।

‘केही सीमित कमीकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ’, उनले भने,‘समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए । गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सीमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताए ।

उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिए पनि पछिल्लो समय विस्तारै सुधारको संकेत देखिएको उनको भनाइ छ ।

तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतलाई संस्थागत गर्नका लागि चाल्नुपर्ने कदम र सहकारीको आगामी दिशाको विषयमा चर्चा हुने उनले बताए ।

‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निश्कर्ष निकालिनेछ,’ कँडेलले भने,‘ सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ ।

महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ।

महासम्मेलन २३,२४ र २५ गतेसम्म सञ्चालन हुनेछन् ।

कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् ।


दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३७

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड...

सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको सकस : निक्लेलात सोलुसन् ?

सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको सकस : निक्लेलात सोलुसन् ?

वि.सं.२०८० चैत २० मंगलवार २१:३०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी...

करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले

करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले

वि.सं.२०८० चैत १९ सोमवार १४:०९

काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी...

सहकारीको नियमनका लागि छुट्टै निकाय गठन प्रक्रिया अघि बढ्यो

सहकारीको नियमनका लागि छुट्टै निकाय गठन प्रक्रिया अघि बढ्यो

वि.सं.२०८० चैत १६ शुक्रवार १९:२८

काठमाडौं । कमजोर नियमनको फाइदा उठाउँदै शहर केन्द्रीत केही सहकारीहरुले...

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

वि.सं.२०८० चैत १४ बुधवार १०:५९

पर्सा । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र...

८ बुँदे सहमति गर्दै सहकारी बचतकर्ताहरूको आन्दोलनका सबै कार्यक्रम स्थगित

८ बुँदे सहमति गर्दै सहकारी बचतकर्ताहरूको आन्दोलनका सबै कार्यक्रम स्थगित

वि.सं.२०८० चैत ८ बिहीवार १८:५१

काठमाडौं । सहकारी बचतकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्...