back
Naima

दशैंतिहारलाई अर्काे साताबाटै पाईने नयाँ नोट सटही गर्न, एक व्यक्तिले कतिसम्म साट्न पाईन्छ ?

काठमाडौँ । दशैँ तिहारको लागि आमसर्वसाधरणले आगामी साताबाटै नयाँ नोट सटही गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट पठाएसँगै सर्वसाधारणले पाउने भएका हुन् ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले दसैँतिहारका लागि बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाइसकेको बताए । उनले भने ‘बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोटको सहटी उनीहरुको समायानुकूल गर्न सक्नेछन्’ राष्ट्र बैंकले भने असोज ४ गतेबाट नयाँ नोटको व्यवस्था गर्नेछ।’

नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालय सहटीको व्यवस्था गरिएको पनि नेपालले बताए।
यो वर्ष दशैं आउनुभन्दा एक महिनाअघि नै राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा दिएसँगै यसअघिका वर्षजस्तो राष्ट्र बैंकको थापाथली वा बालुवाटार कार्यालयबाट नोट सटहीको काम बन्द गरेको छ ।

गत वर्षको कोरोना महामारीका कारण नोट सटहीको सुविधा रोकेपछि राष्ट्र बैंकले अव स्थायी रुपमै आफ्नो केन्द्रिय र क्षेत्रीय कार्यालयमार्फत् नयाँ नोट साट्ने सुविधा बन्द गरेको नेपालले बताए ।

यो सँगै अब बैंक तथा वित्तीय संस्थाले यस्ता नोट सटहीको जिम्मा पाउने छन् । दशैंमा नयाँ नोट साट्ने प्रचलन नेपालमा लामो समयदेखि चल्दै आएको छ । यही कारण यो वर्ष पनि गत सातादेखि नै बैंकहरुलाई नयाँ नोट उपलब्ध गराउन थालिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अहिले नै पैसा दिएको भए पनि बैंकहरुले भने ग्राहकलाई पैसा बाँडेका छैनन् । बैंक तथा वित्तीय संस्थाले अहिले नयाँ नोट मौज्दात गरेर राखेका छन् । औपचारिक वितरण भने घटस्थापनादेखि गर्ने बैंकरले बताएका छन् । यद्यपि, माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि उपलब्ध गराइरहेको बैंकर बताउँछन् ।

राष्ट्र बैंकले बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड बराबरका दरले नयाँ नोट उपलब्ध गराएको जनाएको छ । विकास बैंकलाई ४ करोड र फाइनान्सलाई २ करोड बराबरको नोट उपलब्ध गराएको छ ।

‘एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन्’, नेपालले भने ‘रु ५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका एक–एक बन्डलका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा दिइएको हो।’

२०७८ भदौ २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...