back

अनाधिकृत सेवा सुविधा लिने गाविस सचिवसहित ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । तनहुँको घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित ६ जना विरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दसैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यै देखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै, आयोगले तत्कालीन इन्जिनियर शुकदेव अधिकारी विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन योजना अधिकृत गणेश घिमिरे विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन इन्जिनियर तीर्थराज ढुङ्गाना विरुद्ध रु ७२ हजार २५० बराबरको बिगो दाबी गरिएको छ । यस्तै, लेखा परीक्षक नरहरि पण्डित र श्रीभद्र खनाललाई भने कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

नदीजन्य पदार्थको उत्खनन तथा निकासीको ठेक्कामा राजश्व छली गरेको अभियोगमा नवलपरासी (बर्दघाट पश्चिम) मा कार्यरत एसआरडी कन्ट्रक्सन प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसी विरुद्ध रु ७५ लाख ८० हजार ६४९ बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । उनीहरूले फर्जी बिल प्रयोग गरी राजश्व छली गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

२०७८ भदौ २८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

स्थानीय तहले कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा बाटो खुला

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:१२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको...

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५६

रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला...

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

वि.सं.२०८३ वैशाख २२ मंगलवार २०:३४

काठमाडौ‌ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने...

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको...