back
Naima

टेलिकमले रसुवामा फाइवर टु द होम प्रविधिको टेलिफोन सेवा विस्तार गर्दै

रसुवा । नेपाल टेलिकमले रसुवामा नयाँ टेलिफोन लाइन विस्तार गर्ने भएको छ । अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार गर्न लागेको हो ।

टेलिकमका रसुवा कार्यालय प्रमुख नरबहादुर खड्काका अनुसार सोही कार्यकालागि सर्भे कार्य सम्पन्न भएको भईसकेको छ ।
उनका अनुसार कोरोना सङ्क्रमणका कारण नयाँ लाइन विस्तारमा केही ढिलाइ भएको छ । पहिलो चरणमा धुञ्चे, स्याफ्रुबेँसी एवं कालिकास्थान क्षेत्रमा पुरानो टेलिफोन लाइनलाई विस्थापित गरेर नयाँ प्रविधिको टेलिफोन विस्तार गर्ने कार्यतालिका तयार भएको छ ।

फाइवर टु द होम प्रविधिको लाइनबाट टेलिफोनसँगै एडिएसएल इन्टरनेट, मनोरञ्जन र टेलिभिजनसमेत गरी तीन प्रकारका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो चरणमा यो प्रविधिको टेलिफोन लाइन ६१२ ग्राहकले प्राप्त गर्नेछन् । सीमावर्ती क्षेत्र टिमुरेमा जडान भएको ११८ ग्राहकलाई भने यो प्रविधि दोस्रो चरणमा उपलव्ध गराइने प्रमुख खड्काले जानकारी दिए।

हाल सञ्चालनमा रहेका टेलिफोन लाइनका तारले बजार क्षेत्र अव्यवस्थित देखिएको छ । नयाँ प्रविधिको जडानले टेलिफोन दिगो र भरपर्दो हुनेमा हुनेमा उपभोक्ता आशावादी छन् । यो सेवा विस्तार भएपछि व्यापारिक केन्द्रका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज हुनेछ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवा प्रवाहमा समेत सहज हुने विश्वास स्थानीयवासीको छ ।

करीब ४३ हजार जनसङ्ख्या रहेको रसुवामा ७३० जनाले टेलिफोन लाइनको सुविधा लिएका छन् । सञ्चार प्रविधिबाट सुविधा लिनेको विवरण तुलनात्मक गर्दा करीब १६ हजार स्थानीय बासिन्दाको खल्तीमा मोबाइल उपलब्ध भएको रसुवा टेलिकमको आँकलन छ । त्यस्तै एडिएसएल सुविधा लिनेको सङ्ख्या भने ५०० मात्र रहेको छ । मोबाइल तथा टेलिफोन सेवा नियमित रूपमा सञ्चालन गराउन विभिन्न १० स्थानमा साना ठूला रिपिटर टावर जडान भएकाले रसुवाका कुना कुनामासमेत मोबाइल सुविधा लिनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको बताइएको छ ।

नेपाल टेलिकमबाट शुल्क तिरेर लिएको एडिएसएल सेवा भने अधिकांश समय अवरुद्व हुँदा आफूहरूलाई अन्याय हुँदै गएको उपभोक्ताले गुनासो छ । अप्टिकल फाइवरमा समस्या देखिएको भन्दै टेलिकमले सहज रूपमा उत्तर दिने गरेको छ । प्रविधिको ज्ञान नहुँदा त्यसको फाइदा टेलिकमले लिइरहेको उपभोक्ताको गुनासो छ । करीब २० वर्ष अगाडि रसुवामा टेलिफोन सेवाको शुभारम्भ भए पनि नेपाल टेलिकमले अझैं गाउँ टोलमा सेवा विस्तार गर्न सकेको छैन ।

प्रत्येक नेपालीलाई सञ्चार सेवा उपलब्ध गराउने सरकारी नीति रहेपनि जिल्लाको पश्चिमी भेकका डाडाँगाउँ, ठूलोगाउँ, यार्सा, सरमथली, भोर्ले, उत्तरी भेकका गोल्जुङ, गतलाङ चिलिमे हाकु, थुमन तथा बृद्विम क्षेत्रका बस्तीमा टेलिफोन सेवा पुग्न सकेको छैन् । त्यस क्षेत्रका बासिन्दाले टेलिफोन लाइन विस्तार गर्न पटक पटक टेलिकम समक्ष आग्रह गर्दै आएको छ ।

नेपाल टेलिकम रसुवाले हाल सुचारु रहेको टेलिफोन लाइन, एडिएसएल सेवा तथा विलम्ब शुल्कबापत मासिक रूपमा रू दुई लाखदेखि तीन लाखसम्म राजश्व सङ्कलन गर्दै आएको बताएको छ ।

२०७८ साउन १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...