back
Naima

निर्धन र स्वरोजगार लघुवित्तको २४ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज निर्धन उत्थान र स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । दुई लघुवित्तको गरी कुल २४ लाख ३ हजार ४२१ द्यशमलव ७७ कित्ता बोनस सूचीकृत भएको हो ।

निर्धन उत्थान लघुवित्तको चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १९ लाख ५० हजार कित्ता र स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशतले हुन आउने ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस सूचीकृत भएको हो ।

सोमबार सूचीकृत दुबै कम्पनीको बोनस बुकक्लोज मितिसम्म कायम रहेका लगानीकर्ताले मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन ।

सूचीकृत बोनस सम्बन्धीत कम्पनीको साधारण सभाका लागि शेयर दाखिल खारेजी मिति (बुकक्लोज) को अघिल्लो कारोबार दिनसम्म कायम शेयर लगानीकर्ताले मात्र पाउनेछन् ।

निर्धन उत्थानको २०७७ फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो भने साधारण सभाका लागि फागुन ११ गतेदेखि लघुवित्तले बुकक्लोज गरेको थियो ।

यसैगरी स्वरोजगार लघुवित्तको फागुन २५ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो भने साधारण सभाका लागि फागुन १५ गतेदेखि लघुवित्तले बुकक्लोज गरेको थियो ।

२०७८ असार २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...