back
Naima

आरविवि मर्चेन्ट बैंकिङ्गले म्युचुअफ फण्डको ८ करोड इकाई निष्काशन गर्दै

काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ्गले पहिलो पटक म्युचुअल फण्डको बजार बिस्तार गर्न लागेको छ । सोही अनुसार बैंकिङ्गले बुधबारबाट १ अर्ब बराबरको ८ करोड फण्डको इकाई निष्काशन गर्न लागेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको भगिनी संस्था आरबिबि मर्चेण्टले ‘आरबिबि म्युचुअल फण्ड १’ नामक योजनाको व्यवस्थापकीय जिम्मेवारी सहित इकाई निष्काशन गर्न लागेको हो । असार २३ गते बिहीबारदेखि प्रति इकाई १० रुपैंया अंकित मूल्यमा १ अर्ब रुपैंया बराबरको १० करोड इकाई निष्काशन हुन लागेको छ ।

आरविवि म्युचुअल फण्ड अन्तर्गत निष्कासन हुन लागेको आरविवि म्युचुअल फण्ड १ को कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । निष्काशित इकाई मध्ये १३ प्रतिशत इकाईमा कोष प्रवद्र्धक बैंकले बिज लगानी गर्नेछ । त्यसै गरी कोष व्यवस्थापक आरबिबि मर्चेण्ट बैंकिङले २ प्रतिशत बिज लगानी गर्नेछ । सात वर्षे अवधिको बन्दमूखी योजनाका इकाईमा आवेदकले कम्तीमा १०० देखि १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट फण्डका इकाईमा आवेदन दिन सकिन्छ । इकाईहरुको निष्काशन पश्चात नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गरी दोस्रो बजारमा फण्डका इकाईको कारोबार समेत हुनेछ । मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले फण्ड वार्षिक २२.८७ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको बताएका छन् ।
२०७८ असार २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...