back
skip this gaugauma singhadarbar

आरविवि मर्चेन्ट बैंकिङ्गले म्युचुअफ फण्डको ८ करोड इकाई निष्काशन गर्दै

काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ्गले पहिलो पटक म्युचुअल फण्डको बजार बिस्तार गर्न लागेको छ । सोही अनुसार बैंकिङ्गले बुधबारबाट १ अर्ब बराबरको ८ करोड फण्डको इकाई निष्काशन गर्न लागेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको भगिनी संस्था आरबिबि मर्चेण्टले ‘आरबिबि म्युचुअल फण्ड १’ नामक योजनाको व्यवस्थापकीय जिम्मेवारी सहित इकाई निष्काशन गर्न लागेको हो । असार २३ गते बिहीबारदेखि प्रति इकाई १० रुपैंया अंकित मूल्यमा १ अर्ब रुपैंया बराबरको १० करोड इकाई निष्काशन हुन लागेको छ ।

आरविवि म्युचुअल फण्ड अन्तर्गत निष्कासन हुन लागेको आरविवि म्युचुअल फण्ड १ को कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । निष्काशित इकाई मध्ये १३ प्रतिशत इकाईमा कोष प्रवद्र्धक बैंकले बिज लगानी गर्नेछ । त्यसै गरी कोष व्यवस्थापक आरबिबि मर्चेण्ट बैंकिङले २ प्रतिशत बिज लगानी गर्नेछ । सात वर्षे अवधिको बन्दमूखी योजनाका इकाईमा आवेदकले कम्तीमा १०० देखि १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट फण्डका इकाईमा आवेदन दिन सकिन्छ । इकाईहरुको निष्काशन पश्चात नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गरी दोस्रो बजारमा फण्डका इकाईको कारोबार समेत हुनेछ । मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले फण्ड वार्षिक २२.८७ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको बताएका छन् ।
२०७८ असार २१ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:३७

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२०

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको...