back
nactional

स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । हकप्रद निष्कासनमार्फत कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने योजना रहेको छ ।

यसैगरी, कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग ८८मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्तावसमेत साधारणसभामा पेस गर्नेछ । मर्जर वा प्राप्तिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा राखिने भएको छ ।

साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट एक महिलासहित दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत रहेको छ । सभाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावमा निर्णय गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा मतदान गर्न पाउनेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

वि.सं.२०८३ साउन २७ बुधवार १०:२३

काठमाडौं । खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था...

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०८

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको...

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

वि.सं.२०८३ साउन १८ सोमवार १०:१७

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आर्थिक वर्ष...

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १०:१२

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था...

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:३९

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु...