back
nactional

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठुलो क्षती पुगेको छ । साँझ परेको अविरल बर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठुला नदीहरुमा पानीको बहाफ उच्च बढेको छ । लगातारको बर्षाले यहाँका विभिन्न ठाउँमा क्षती समेत पुगेको छ ।

बाजुराको सदरमुकाम मार्तडी नजिकै सेलाघाट लगायत विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् । जोखिममा परेको खबर पाउने बित्तिकै नेपाल प्रहरीको टोली राति नै घटनास्थल पुगेको थियो ।

कठिन परिस्थितिमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले जोखिममा परेका नागरिकको सफल उद्धार गर्न सफल भएको हो।भारी बर्षाका कारण साँफे(मार्तडी राजमार्ग समेत अवरुद्ध भएको छ ।

सडक अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका सबै सवारीसाधन पूर्णरूपमा ठप्प भएका छन् । बडिमालिका नगरपालिका वडा नं ९ सेलागाडमा बर्षातको कारण घर माथी बाट पहिरो १६ घरधुरी प्रभावित भएका छन् । प्रभावित घरधुरीका सरसामान प्रहरीले सुरक्षित स्थानमा सारेको हो ।

१६ घरधुरी मध्ये ३ घरधुरी उच्च जोखिममा रहेका छन । भने १३ घरधुरी जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उच्च जोखिममा रहेका ३ घरधुरीका बस्न नमिल्ने भएका छन् । ३ घरधुरीमा २२ र १३ घरधुरीमा ८३ जना पारिवारिक सदस्य रहेका छन् ।

त्यस्तै पहिरोको कारण राप्का स्थित टोट्के सिंचाई नहरको २०० एम।एम को २३० मीटर प्लाष्टिक पाईप र २५ मीटर पक्की नहर समेत बगाई क्षतीग्रस्त बनाएको छ। कयौं खेतीयोग्य जमिन बगरमा परिणत भएका छन्।भारी हुने क्रम जारी रहेकोले नदी तटिय क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।

डेढ सय बस्ती बाढि पहिरोको उच्च जोखिममा

बाजुराका डेढ सय बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । हिउँदका महिना आनन्दले सुत्न पाएका यहाँका बाढीपहिरो पिडित बर्षातमा जाग्राम बसेर रात कटाउन बाध्य छन् । जिल्लाका ९ वटै स्थानीय तहका १५० बढी गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहदैँ आएका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन् । करिब १५० बढि बस्ति बाढीपहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेका छन् ।

बाजुरा जिल्लाका अधिकांश भूगोल बस्न लायक छैनन् । अधिकांश बस्ती भिरालो जमिनमा भएकोले बर्षेनी पहिरो जाने गरेको छ । राज्यले एकीकृत बस्ती विकास र बस्ती स्थानान्तरणमा बेवास्ता गर्दा थप जोखिम बढ्दै गएको सरोकारवाला निकायको बुझाई छ ।

विपत सम्बन्धि पूर्व जानकारी लिई,सचेतना,पूर्वतयारी र व्यवस्थित प्रतिकार्य योजनाका माध्यमबाट जोखिमको न्युनिकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको भनाई छ । बाजुरा बाढी पहिरोको उच्च जोखिममा रहेपनि सबै बस्तिहरुलाई स्थानान्तरण गर्न त्यति सहज नभएको उनको भनाई छ । बाजुरामा बर्षेनी बाढी,पहिरोबाट मानवीय क्षती संगै करोडौंको क्षती हुने गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०५

काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा...

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...