back
nactional

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २.२५ अंक घटेर २६४१.५८ विन्दुमा झरेको छ। त्यस्तै न्सेटिभ इण्डेक्स १.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा ३५० स्टकको ५६ हजार ८१८ पटकको कारोबारमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने माउन्ट एभरेष्ट पावरको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स र सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.६३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको करिब साढे ३८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको करिब साढे १६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये  पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशत घटेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...