back
Naima

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४.५४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब १९ करोड ७३ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा वृद्धि भई १ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ। सोही वितरणयोग्य मुनाफाका आधारमा बैंकको लाभांश क्षमता ११.०४ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.३१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ६ अर्ब ८० करोड २२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ७ अर्ब १६ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यससँगै बैंकको सञ्चालन मुनाफा पनि ६.२३ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा १.३० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको गैर–ब्याज आम्दानी १८.६९ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६९ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा पनि सुधार आएको छ। अघिल्लो वर्ष १५.९८ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा बढेर १८.०४ रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकले खराब कर्जा (एनपीएल) अनुपात पनि घटाउन सफल भएको छ।

अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेको खराब कर्जा घटेर २.९२ प्रतिशतमा झरेको छ। बैंकले आफ्नो कोषको लागत (कस्ट अफ फण्ड) ५.१८ प्रतिशतबाट घटाएर ४.०६ प्रतिशतमा झारेको छ भने पूँजी पर्याप्तता अनुपात १२.७५ प्रतिशतबाट बढाएर १३.७४ प्रतिशत पुर्‍याएको छ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समग्रमा बैंकको वित्तीय नतिजाले नाफा, सम्पत्तिको गुणस्तर र कोष व्यवस्थापनमा निरन्तर सुधार भएको देखाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

वि.सं.२०८३ साउन २७ बुधवार ११:२३

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकहरूको तर्फबाट मुक्तिनाथ विकास बैंक...

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २७ बुधवार ११:१६

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा...

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

वि.सं.२०८३ साउन २६ मंगलवार २३:११

काठमाडौँ। मुलुकको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा निरन्तर बढेर थुप्रिँदै गए...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

वि.सं.२०८३ साउन २६ मंगलवार १५:३४

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर...