back
Naima

नेपालमा भित्रियो रिभर मोबिलिटीको विद्युतीय स्कुटर ‘इन्डी’, नाइमा एक्स्पोमा सार्वजनिक

काठमाडौं । भारतको प्रसिद्ध विद्युतीय स्कुटर निर्माता कम्पनी ‘रिभर मोबिलिटी’ ले आफ्नो आधिकारिक वितरक ‘विशाल ग्रुप’सँगको सहकार्यमा नेपाली बजारमा प्रवेश गर्दै फ्ल्यागशिप विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा एक्स्पो २०२६’ मा एक कार्यक्रमबीच स्कुटरको औपचारिक बिक्री तथा प्रदर्शन खुला गरिएको हो। साउन ३१ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा हल बीको स्टल एल३ए मा पुगेर अवलोकनकर्ताहरूले ‘इन्डी’ स्कुटरको अवलोकन तथा प्रि-बुकिङ गर्न सक्नेछन्।
८० वर्षभन्दा बढीको अटोमोबाइल अनुभव र ३५ भन्दा बढी सहरहरूमा फैलिएको विशाल ग्रुपको बलियो सञ्जालमार्फत रिभर मोबिलिटीले नेपालमा आफ्नो खुद्रा बिक्री र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। नाइमा एक्स्पोमा सार्वजनिक गर्नुअघि यो स्कुटरले काठमाडौंका कठिन उकालो बाटोहरू जस्तै ‘ह्वाइट गुम्पा’ क्षेत्रमा वास्तविक सडक परीक्षण (रोड टेस्ट) सफलताका साथ पार गरिसकेको छ।
नेपाली सडक अनुकूल बनाउन यसमा १७७ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र १४ इन्चका ठूला चक्काहरू राखिएका छन्। ४ किलोवाटको शक्तिशाली ब्याट्री प्याक जडान गरिएको यस स्कुटरले एकपटकको पूरा चार्जमा १६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। प्रतिघण्टा ९० किलोमिटरको अधिकतम गति लिन सक्ने यो स्कुटरले १८ डिग्रीसम्मको ठाडो उकालो सहजै पार गर्न सक्छ।
स्कुटरमा ५५ लिटरको विशाल र सुरक्षित स्टोरेज स्पेस (सिटमुनि ४३ लिटर र अगाडि १२ लिटर ग्लोभ बक्स), फ्रन्ट राइडर फुटपेग्स, heavy load का लागि ‘लक एन्ड लोड प्यानियर माउन्ट्स’ र तीनवटा ड्राइभिङ मोडहरू (इको, राइड, रश) उपलब्ध छन्। प्रतिष्ठित ‘रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४’ र ‘रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५’ विजेता यो स्कुटरमा ८ वर्षको वारेन्टी दिइएको छ। यो स्कुटर विन्टर ह्वाइट, स्टोर्म ग्रे, मनसुन ब्लू, समर रेड र स्प्रिङ येलो गरी ५ रङमा बजारमा उपलब्ध छ।
मार्च २०२१ मा बेङ्गलोरमा स्थापित रिभर मोबिलिटीलाई यामाहा मोटर कर्पोरेसन, मित्सुई एन्ड कम्पनी, टोयोटा भेन्चर्स र अल फुत्तैम ग्रुप लगायतका विश्वव्यापी लगानीकर्ताहरूको साथ रहेको छ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

वि.सं.२०८३ साउन २६ मंगलवार १७:११

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...

भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा(फोटो,फिचर)

भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा(फोटो,फिचर)

वि.सं.२०८३ साउन २६ मंगलवार १५:२४

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको...

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:२२

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

वि.सं.२०८३ साउन २५ सोमवार २२:०६

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि...

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

वि.सं.२०८३ साउन २५ सोमवार १६:५१

काठमाडौँ । मंगलबार (साउन २६ गते)देखि आयोजना हुने नाइमा मोबिलिटी...