back
Naima

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो टनेल गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ४८ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ५४ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) २५ रुपैयाँ,स्थानीय काउली १०० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ९० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर (लोकल) ५० रुपैयाँ, घिरौला ३० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र स्कुस ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग २०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० ९० रुपैयाँ ,न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन २५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ, आँप (मालदह) २५० रुपैयाँ, आँप (चोसा) २३० रुपैयाँ, तरबुजा (हरियो) ५० रुपैयाँ, जुनार प्रतिकिलो २७० रुपैयाँ, भुई कटहर प्रतिगोटा १८० रुपैयाँ, काक्रो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काक्रो (हाइब्रिड) प्रतिकिलो ८ रुपैयाँ, रुख कटहर प्रतिकिलो ५० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

वि.सं.२०८३ साउन २५ सोमवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य समान्य घटेको छ भने...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको...

सुनचाँदीको मूल्यमा भारि वृद्धि

सुनचाँदीको मूल्यमा भारि वृद्धि

वि.सं.२०८३ साउन २४ आइतवार १२:५४

काठमाडौं ।नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि...

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

वि.सं.२०८३ साउन २४ आइतवार १२:१७

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री...

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

वि.सं.२०८३ साउन २४ आइतवार १०:०१

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले...

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४५

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश...